४४ औं तःमुज्याको प्रचारार्थ बुद्धिचाल र बाघ चाल प्रतियोगिता हुने

४४ औं तःमुज्याको प्रचारार्थ बुद्धिचाल र बाघ चाल प्रतियोगिता हुने
भक्तपुर, असोज २२ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्याको प्रचारार्थ बुद्धिचाल र बाघचाल प्रतियोगिता हुने भएको छ । असोज २३ गते बुधबार दिउँसो २ बजे सूर्यमढीमा बुद्धिचाल र बाघचाल प्रतियोगिता आयोजना हुने ४४ औं तःमुज्याका अध्यक्ष कृष्णभक्त लवजुले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहने महानुभावहरुले बुद्धिचालमा रु. एकसय र धुँ चोलेचामा रु. २५ मा नाम दर्ता गर्न सकिने जनाएको छ ।
यहि असोज २८ र २९ गते दुई हुने कमलविनायकस्थित लामुगाको खुल्ला चौरमा तःमुज्या हुँदै छ । जनता बाँचे भाषा बाँच्छ भन्ने नाराका साथ हरेक वर्ष दशैपश्चात द्वादर्शी र त्रयोदर्शीका दिनहरुमा तःमुज्या आयोजना हुँदै आएको छ ।