मनोहराले धार परिवर्तन गर्दा मध्यपुर थिमीको खानेपानी धरापमा !
मध्यपुर थिमी, श्रावण ९ गते
भारी वर्षासँगै मनोहरा खोलाले धार परिवर्तन गरेपछि मध्यपुर थिमीको खानेपानी उत्पादन क्षेत्रमा दीर्घकालीन क्षेति पुग्ने देखिएको छ । खोलाको डिलबाटै बोरिङमार्फत प्रशोधन गरी भक्तपुर देखि काठमाण्डौसम्म पनि खानेपानी वितरण प्रणाली बनेको मध्यपुर थिमीस्थित बोडेको निलवाराहीस्थित खानेपानी उत्पादन बोडिङ क्षेत्रसम्म मनोहरा खोलाले माटो बगाएपछि बोडिङ क्षेत्र नै धरापमा परेको हो ।

काठमाण्डौ उपत्यकाको खानेपानी वितरणको महत्वपूर्ण श्रोतको रुपमा समेत रहेको सो क्षेत्रको संरक्षणमा बेलैमा ध्यान नदिदा दीर्घकालिन असर पर्ने देखिएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ र मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ सहित स्थानीय जनप्रतिनिधीहरुले जोखिमयुक्त क्षेत्रको स्थलगत निरिक्षण गरी आज संरक्षणको पहल गर्ने विषयमा छलफल गरेका छन् ।
आजभोली नै थप भारि वर्षा भएमा बोरिङ क्षेत्र समेत बगाउन सक्ने र थप क्षति पुग्ने देखिएको स्थलगत निरिक्षणले पुष्टि गर्दै सो जोखिमका कारण खानेपानी वितरणमा समेत असर पर्ने आँकलन गरिएको छ ।













