बसको ठक्करबाट ब्यासी डेकोचामा यात्रुको मृत्यु
भक्तपुर, श्रावण ९ गते
यात्रुबाहक बसको ठक्करबाट डेकोचामा गम्भिर घाईते भएका एक यात्रुको उपचारकोक्रममा निधन भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरद्वारा जारी विज्ञप्ती अनुसार हिजो साँझ ८ः४८ बजे व्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बागमती ३ ख. ५०८० नं. को बसले डेकोचामा एक अपरिचित यात्रुलाई ठक्कर दिदा गम्भिर घाईते भएका थिए । अन्दाजी ४०।४५ वर्षका ति पुरुष को भक्तपुर अस्पतालमा उपचारकोक्रममा हिजो राति ९ः४५ बजे मृत्यु भएको सूचना अधिकारी राजन कार्कीले जनाएको छ । मृतक पुरुषको अहिलेसम्म परिचय समेत नखुलेको भन्दै लासलाई अस्पतालमै राखिएको छ भने ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा राखि थप अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ पर्ने चालक हेटौडा उपमहानगरपालिका वडा नं. १० घर भई हाल भक्तपुर बस्दै आएका वर्ष ४५का अहमद हुसेन रहेको प्रहरीले जनाएको छ ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













