एकैदिन देशभर १,२२१ संक्रमित, उपत्यकाका मात्र ४२९ संक्रमित
काठमाण्डौ, भाद्र १४ गते
पछिल्लो २४ घण्टामा १२ हजार ७१७ जनाको पीसीआर परीक्षणमा गर्दा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आईतबार एक्कै दिन २४८ महिला र ८७३ पुरुष सहित १२२१ जना थप संक्रमित भएको हो । देशभर ३८ हजार ५६१ जना कोरोना संक्रमित भए पनि १७ हजार ५१८ जना मात्र सक्रिय संक्रमित रहेको नियमति पत्रकार सम्मेलन मार्फत उहाँले बताउनु भयो । अहिले होम आइसोलेसनमा ६ हजार ९०० जना र संस्थागत आइसोलेशनमा १० हजार ६१२ जना रहेको छ । संक्रमित मध्य २० जार ८२२ जना संक्रमितहरु निको भएका छन् भने आइतबार एक्कै दिन २६७ जना निको भएको थिए । विदेशबाट आएका ७ हजार ७९७ जना भने विभिन्न क्वारेन्टिनहरुमा रहेका छन् । योसँगै कूल निको हुनेको दर ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा मात्रै आईतबार ४२९ जना थप संक्रमित भएका छन् । काठमाण्डौका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना संक्रमित भएका हुन ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













