भक्तपुर पत्रकार मासंघको अधिवेशन उद्घाटन, प्रेस यूनयनद्वारा बहिस्कार
भक्तपुर
नेपाल पत्रकार महासंघ भक्तपुरले आज ९ औं अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन गरेको छ । मध्यपुर थिमीमा आयोजित सो ९ औं वार्षिक साधारण सभालाई भक्तपुर क्षेत्र नंम्वर २का सांसद दुर्लव थापाले उद्घाटन गरेका थिए । सो अवसरमा सांसद थापाले विभिन्न सञ्चार क्षेत्रका पत्रकारहरुलाई सम्मानित गरेको थियो ।
जिल्ला अध्यक्ष जगत प्रजापतिको सभापतित्वमा आयोजित सो कार्यक्रम एकतर्फिरुपमा अयोजना भएको भन्दै नेपाल प्रेस यूनियन भक्तपुरले बहिस्कार गरेको छ ।















