आदर्श आजादमा स्काउट दिक्षान्त समारोह सम्पन्न
भक्तपुर, २८ कात्तिक
भक्तपुर जिल्लाकैे पहिलो स्काउटको रुपमा दर्ता भएको आदर्श आजाद मावि,भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख तथा भक्तपुर नगरका प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको समारोहमा ५८ जना नयाँ विद्यार्थीहरुलाई सदस्यता बायजसहित दिक्षा दिइएको थियो ।
शुक्रवार नै २० जना स्काउटहरुलाई माथिल्लो तहको बायज अर्थात बेडेन पावेल शिखर बायज दिइएको थियो । रसुवामा रहेको एउटा हिमशिखरलाई स्काउटल ेबेडेन पावल शिखरको नाम दिएको छ ।
स्काउटलाई स्कार्फ र बायज दिंदै प्रमुख अतिथि रजनी जोशीले स्काउटले विपदमा गरेका कार्यको सह्रहाना गर्दै भक्तपुरमा विपदमा आइपर्ने जोखिमबाट जोगाउने तरिका सिकाउनेसहित अनुशासित, कर्तव्यनिष्ठ र स्वयंसेवी भावना जागृत युवा निर्माण गर्न भक्तपुरमा स्काउटलाई अनिवार्य गर्नेतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो । स्काउटमा बसेका विद्यार्थीहरुलाई नेपालमा बसेर र विदेशमा पढेर आए पनि मातृभूमीकै सेवा गर्ने भावना जागृत गराउनुपर्ने आवश्यकता रहेको बताउँदै स्काउटले जस्ते प्रत्येक नागरिकले दैनिक तालिका बनाइ समयबद्ध रुपमा सिलसिला मिलाएर काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ५ अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजुक्छेंले लगशिलता र मेहनत अनि अथक प्रयासले सफलता हासिल हुन सक्ने शुत्र ज्ञान दिनुभयो । जीवनमा हारजीत भइरहने र त्यसमाथि मातिने तथा आँटिने नभइकन कर्म गर्न सिकाउने थलोको रुपमा स्काउट रहेको स्पष्ट पार्नुभयो ।
नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले समयको महत्व रहेको र समय तालिका मिलाएर डायरी बनाएर चल्यो भने स्काउट मात्र नभइ प्रत्येक नागरिकको जीवन सहज हुने धारणा राख्नुभयो ।
नेपाल स्काउट भक्तपुर नगरका स्थानीय आयुक्त बालकृष्ण बनमालाले स्काउट प्रकृतिसँग नजिक रहेको र स्काउटले प्राणीमाथि अनि प्रकृतिमाथि दया राखि पर्यावरण जोगाउने जानकारी दिनुभयो । स्काउटले दिने मितव्ययिताले सफलतातिर अगाडि बनाउने जानकारी पनि उहाँले दिनुभयो ।
भक्तपुर नगरका सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटमार्फत जीवनोपयोगी शिक्षाका साथमा व्यवहारिक ज्ञानहरु प्रयोगात्मक रुपमा दिने बताउनुभयो ।
आदर्श आजाद स्काउट ट्रुपका स्काउटर रत्नश्वरी चवालले स्काउटमार्फत इमान्दार र देशभक्त नागरिक उत्पादन हुने भएकाले प्रत्येक परिवारमा कम्तिमा एकजना स्काउट बनाउन्ु आवश्यक रहेको धारणा राख्नुभयो ।
विद्यालयका प्राचार्य चक्रबहादुर चाकतुले विगतमा स्काउटिङ्ग गर्न समस्या हुने गरेकोमा अहिले सहज हुँदै गएकाले विद्यालयले प्रतिवद्धताका साथ स्काउट चलाइरहेको जानकारी दिनुभयो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...













