पासा पुच:को छ महिने बासुरी तथा पछिमाय् बाजा प्रशिक्षण सम्पन्न
कला र संस्कृति बचाऔं सभ्य नागरिक बनौं नाराका साथ पासा पुच:को सात महिने बासुरी तथा पछिमाय् बाजा प्रशिक्षण सम्पन्न गरेको छ । भक्तपुर नगरपालिका वडा नं ९ स्थित सूर्यमढी टोलमा रहेको पासा पुच:ले २०३१ साल देखि नै धार्मिक तथा सांस्कृतिक गतविधि आयोजना गर्दै आएको उल्लेख गर्दै प्रशिक्षक विष्णुभक्त कुसीले त्यसैको निरन्तरता दिदै बासुरी र पछिमाय् बाजा प्रशिक्षण दिएको बताए । परम्परागत शैलिको बासुरी र पछिमाय् बाजा प्रशिक्षण पश्चात विभिन्न जात्रा पर्वहरुमा प्रस्तुत गर्न सहज भएको भन्दै उहाँले समुदायमा समस्या पर्दा सहयोग गर्ने उदेश्यले खोलिएको पासा पुच:ले समाजको सांस्कृतिक स्तर उकास्न विविध बाजा, नाँचगानहरुको तालिमहरु दिदै आएको बताए ।


हिजो लाकापर्ण गरेको सो प्रशिक्षणलाई आज समापन गर्दै च्वङा पाखे गणेश मन्दिर परिसरमा आयोजित एक कार्यक्रम बीच उहाँले यस पटकको प्रशिक्षणमा २७ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक बाजा प्रशिक्षण लिएको बताए । यसै बीच आधुनिक भए युवटुवबाट पनि सिक्न सकिने तर परम्परागत शैलिको बाजा सिक्न गुरुको अभाव भएको भन्दै परम्परागत बाजा संरक्षणकालागि सरोकारवालाहरुले ध्यान पुर्याउनुपर्ने बताएका छन् । पुर्खाले सृर्जेका बाजाहरुाई नयाँ पुस्तासम्म पुर्याउने कुनै लिखितम पुस्तक नभएकाले यसलाई संरक्षण गर्न चुनौती रहेकोले अव यसको लिपिबद्ध गर्न लागि पर्ने सहभागिहरुले जनाएका थिए ।














