जग्गा महंगिदा घर झनै महंगियो । अव लाइन पुलिंग……!
भक्तपुर, श्रावण १३ गते
नेपाल जग्गा तथा आवास विकास महासंघले आफूहरुलाई नीतिगत हतकडी लगाई दिन आग्रह गरेका छन् । हामी हडकडी लगाउन तयार छौं। त्यो हडकडी नीतिगतको हो महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । नीतिगत अस्पष्टताले जग्गा तथा आवाज व्यवसायीलाई सार्वजनिक जग्गा हड्पने, बिचौलिया, दलालि, भ्रष्टाचारी लगायत अनेक आरोपहरु लाग्ने गरेको चर्चा गर्दै महासंघका अध्यक्ष लोहनीले जो जसले अनियमिता गरेका छन् तिनीहरुलाई कार्वाही होस्, गर्नुस तर हामीलाई व्यवसाय प्रवर्धन गर्न आवश्यक नीतिगत ब्यवस्था गरिदियोस उहाँले भन्नु भयो ।
महासंघको लक्ष्य नाफा के कति हुन्छ? भन्दा पनि घर जग्गा कसरी व्यवस्थित पार्ने रहेको भन्दै उहाँले देशमा घर जग्गा व्यवस्थित गर्न अन्तराष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्ने र त्यस्तै कानून पनि बन्नुपर्नेमा जोड दिदै आएको बताए । देश विकास हुने गरी घर जग्गा व्यवस्थापन गर्न दुरदराजका खुल्ला, पहाडी क्षेत्रहरुलाई पनि व्यवस्थित गरी शहर बसाल्न सक्ने धारणा राख्नु भयो । यस क्षेत्रमा विगत २२ वर्षमा ५० औं गुणा मुल्यवृद्धि भएको बताए।
देशभर घर जग्गा काममा १० हजार कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै उहाँले यस सम्बन्धि १७ हजार ९ सय ८४ कम्पनीहरुले २ खर्व ७८ अर्व भन्दा बढी लगानी रहेको बताए । जग्गा तथा आवासलाई व्यवस्थित पार्न सरकार आफैले मात्र नसकिने भएकाले नीजि क्षेत्रलाई पनि स्थान दिनुपर्नेमा उहाँको जोड थियो । नगर विकास कोषद्वारा देशका २७३ स्थनमा शहरीकरणका काम गर्दै आएको छ । सन् २०३०सम्ममा सम्पन्न गर्ने गरी अरबमा द नियोन सिटी बन्दै छ । नेपालको झन्दै ७० वर्षको बजेट खर्चेर बन्ने सो स्मार्ट सिटीमा ९० लाख मानिस बस्न सक्ने छ । तर हामीले विश्वमा ५० वर्ष पहिलादेखि सुरु भएको लाइन पुलिग प्रणाली विकास गर्न चाहेका छौं, अध्यक्ष लोहनीले बताए ।

शुक्रबार भक्तपुरको रानीकोटस्थित होटल हिल्याणमा पत्रकारहरुसँग अनौपचारिक छलफल गर्दै महासंघले व्यवस्थित शहरी विकास गर्न आफूहरुलाई आवश्यक नीति निर्माण गरी सरकारले व्यवसायलाई निर्देशित गर्नुपर्नेमा जोड दिएका थिए । गत वर्ष ७१ अर्ब राजश्व तिरेको जग्गा तथा आवाज व्यवसायीले यस वर्ष ४१ अर्व मात्र तिर्न सकेको उल्लेख गर्दै अध्यक्ष लोहनीले सरकारकै कारण जग्गा तथा आवाज व्यवसायले व्यवसाय प्रवर्धन गर्न नसकेको र राजश्व घटेको पनि चर्चा गरे ।
ब्यवस्थित शहरीकरणमा सरकारले पनि पर्याप्त ध्यान नदिएको र व्यवसायलाई पनि काम गर्न नदिएकाले नेपालमा जग्गा तथा आवास व्यवसाय संकतमा परेको बताए । २०६६ साल पछि अहिले घर जग्गा कारोबार संकतमा छ उहाँले जोड दिदै भने ।
केही व्यवसायीले सहकारीको पैसा लगाएर जग्गा तथा आवास सञ्चालन गर्दा संकत निम्तिएको कुराहरुलाई आफूहरुले नियालि रहेको उल्लेख गर्दै उहाँले तिनीहरुले सहकारीको पैसा प्रयोग नगरी बैंकको पैसा प्रयोग गरेको भए यस्तो अवस्था नआउने जिकिर गरे ।
ससाना घडेरी सञ्चालन गरेर व्यवस्थित शहर बन्न नसक्ने चर्चा गर्दै सरकारले घोषण गरेको स्मार्ट सिटी समेत अन्योलमा परेको बेला नीजि क्षेत्रबाट ठूल ठूला आवास योजना सञ्चालन गर्ने बाटो सरकारले खोलि दिनिुपर्नेमा जोड दिएका थिए ।
अहिले जग्गा महंगिदा सर्व साधारणको सपनाको घर अधुरो हुने अवस्था आएको उल्लेख गर्दै बहुतल्ले घर निर्माणमा ध्यानाकर्षण गराएका थिए । सो अवसरमा महासंघका उपाध्यक्ष दिपक महोत्रा, सचिब राम सुन्दर बके, कोषाध्यक्ष रोशन भ्यद्यो सहितका पदाधिकारीहरुको सहभागिता थियो । पत्रकार छलफलमा महासंघका उपाध्यक्ष दिपक मल्होत्राले आफूमाथि लागेको सुन तस्करीको आरोप झुठो भएको बताउँदै आफू त्यस्तो कुनै पनि गैरकानुनी गतविधिमा संलग्न नभएको बताए ।
सो अवसरमा विभिन्न सञ्चार माध्यमका पत्रकारहरुले घर जग्गा दिनप्रतिनिधी महंगिदै गएको, सर्व साधारणको पहुँचबाट टाढा पुगेकोले सुलभ बनाउन के गर्नु हुन्छ? किन काठमाण्डौ वा शहर केन्द्रीत घर जग्गामात्र कारोबार बढ्ी रहेको छ ? यसले झन घर जग्गा महंगिएको होइन र ? सन्तुलित देश विकासमा योगदान गर्न ब्यवसायी इच्छुक भएको भए योजनाहरु के के छन् ? लगायतका जिज्ञासाहरु पत्रकारहरुले राखेका थिए ।
पत्रकारहरुको जिज्ञासाहरुको जवाफ दिदै अध्यक्ष लोहनीले घर जग्गा व्यवसाय महंगिदै जादा सर्वसाधारणले किने क्षमता गुमाउँदै गएको कुरा आफूहरु जानकार रहेको चर्चा गर्दै अध्यक्ष लोहनीले जग्गा महंगिदा आवास पनि महंगिएको बताए । घर भन्दा अहिले जग्गा महंिगदै जाँदा सर्व साधारणको पहुँच घट्दै गएको जिकिर गर्दै अव बहुतल्ले घर निर्माणले कम जग्गामा बढी आवाज निर्माण गर्न सकिने उदाहरण प्रस्तुत गरे । अध्यक्ष लोहनीले जग्गा तथा आवासमा व्यवसायीहरु संयुक्त लगानी गर्न पनि तयार रहेको भन्दै यसमा सरकारले आवश्यक नीति निर्माण गरिदिनुपर्ने र अहिलेसम्म ध्यान नदिदा जग्गा तथा आवास व्यवसायबाट पनि राजनैतिक क्षेत्रमा प्रभाव पारिरहेको स्वीकारेका थिए ।














