पानी पार्न भ्याउटाको बिहे

पानी पार्न भ्याउटाको बिहे
भक्तपुर, जेष्ठ २८ गते
पानी नपरेर जताततै सुखापन बढ्न थालेपछि चिन्तित भएका भक्तपुरका हरीशरण मगजुले छिटै पानी पर्ने विश्वासका साथ भ्यागुटाको विहे गराएका छन् । भक्तपुर नगरपालिका वडा नम्वर १०स्थित नगांचाका हरी शरणले पानी पार्न सहयोग गर्ने भ्यागुटाहरुलाई सर्पले खाएकोले होला सायद यसपाली पानी परेन भन्दै सर्पलाई साछी राखेर भ्यागुटाको विहे गराएको बताए ।


दाहिने तर्फको भाले भ्यागुटा हुन अनि बाहिने तर्फको पोठी भ्यागुटा बीचमा नाग राखेको छु उनले भने पानी परोस भनेर यी भ्यागुटाहरुको सामान्य रुपमा विहे गराए । रोपाईका लागि खेत खेतमा राखेको बेर्नाहरु पनि सुक्न थाले कसरी रोपाई गर्ने चिन्तामा छौं उनले भने त्यसैले पानी छिटै परोस् भनेर भ्यागुटाको विहे गराए मलाई लाग्छ आज राती नै पानी पर्छ हरी शरणको जिकिर थियो ।
भ्यागुटाको विहेको तस्विर सहित स्थानीय नगाँचास्थित गणेश मन्दिरमा आज दिनभर विहेका सामग्री प्रर्दशनीमा राखेको थियो । स्थानीय जेष्ठ नागरिकहरुले समते अभिरुची साथ अवलोकन गरेका थिए । पानी पराउन भ्याउटाको विहे गराउँछ भन्ने कुरा सुनेका थियौं अहिलेसम्म देखेको थिएन तर यस पटक हरी शरणले टोलमै भ्याउटाको विहे गराए स्थानीय जेष्ठ नागरिकहरुको समूहले एक्कैसाथ भने ।