पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण भएका २ जना सकुशल डिस्चार्ज
मिति २०८०।०२।२६ गते शुक्रवार।
मिति २०८०।०२।२१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिम क्षेत्रीय अस्पताल० मा मृर्गौला प्रत्यारोपण गरिएका दुई जना सकुशल डिस्चार्ज भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा गत आइतवार पोखरामा सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको थयो।
आइतवार पहिलो मिर्गौला प्रत्यारोपण गरिएको तनहुँ दमैलीका २५ वर्षीया पुनम थापा मगरलाई उनलाई उनका ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका थिए भने पर्वत मोदी (४ का २७ वर्षीय गम बहादुर मगरको पनि आइतवरै मिर्गौला प्रत्यारोपण गरिएको छ । उनलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए ।
मृर्गौला प्रत्यारोपण पश्चात आफूहरु अत्यन्त खुशी भएको यसको लागि चिकित्सक नर्स तथा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै आफूहरुले दोस्रो जिवन प्राप्त गरेको मा खुशी व्यक्त गर्नु भयो ।
२०७९ असार ९ गते देखि मिर्गौला प्रत्यारोपण शुरु गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा त्यसपछि ८ वटा सफल प्रत्यारोपण भइसकेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ ।














