गुन्हिपुन्ही पर्व आजबाट सुरु

गुन्हिपुन्ही पर्व आजबाट सुरु
भक्तपुर, भाद्र ३ गते
नेवार समुदायको गुन्हिपुन्ही पर्व आजबाट सुरु भएको छ । दिवंगत परिवारका समुदायले साँ अर्थात गाई बनाएर नगर परिक्रममा गराउने पर्व आजबाट सुरु भएको हो । आज साँझ तलेजुबाट परम्परागत धिन्तगिसि नाँच नगर परिक्रममा गरेसँगै गुन्हिपुन्ही पर्व सुरु भएको मानिन्छ भने भोली मानिस बितेका परिवारले बितेको मानिसको प्रतिक साँ अर्थात गाईको प्रतिक बनाएर नगर परिक्रममा गर्ने चलन छ । भोलि देखि नै कृष्णअष्टमीका दिनसम्म विभिन्न प्रहसन गर्दै गाई जात्रा पर्व मनाउने चलन छ । गाईजात्राको दिन गाईजात्राको पदक्षिणा मार्ग नौ चकर लगाउने, नौ वटा गेडागुठीको क्वाटी खाने तथा नौ थरी लुगा लगाउने, नौ वटा धारा परिक्रममा गर्ने परम्परा रहेको छ ।


आजको दिन नेवार समुदायले भ्यागुतालाई भात खुवाउने परम्परा पनि मानेका छन् । कृषकहरुले आआफ्नो खेत तथा दोबाटो चौबाटो र मन्दिरमा पुगेर भ्यागुटोलाई भाट पस्केका थिए भने अन्य समुदायले आज जनैपूर्णिमाको रुपमा बाहुन वर्गले जनै फेरर तथा सर्वसाधारण समुदायले हातमा दोहो बाढेर जनैपूर्णिमा पर्व मनाएका छन् । पूर्णिमाको दिन आज विहान देखि विभिन्न मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको थियो । विशेष गरी गोसाईकुण्डको प्रतिकको रुपमा भक्तपुरको नगरकोटस्थित महादेव पोखरी र भक्तपुरको काल दहमा विशेष मेला लागेको थियो ।