कलेजो प्रत्यारोपण भएका विरामी डिस्चार्ज

कलेजो प्रत्यारोपण भएका विरामी डिस्चार्ज
दुधपाटी भक्तपुर, मिति ः २०८०।०२।२६
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिति २०७९।०२।१४ गते ११ औं कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा आज सकुशल डिस्चार्ज भएका छन् ।

कलेजो दाता आशा सुनार हिजो मिति २०८०।०२।२५ गते डिस्चार्ज भएकी थिइन ।

कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था राम्रो रहेको प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
दाङ्ग जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीया श्रीमती आशा सुनारले आधा कलेजो दान गरेकी थिइन ।


कलेजो ग्रहण कर्ता र कलेजो दाता दुबै जनाले केन्द्रको सेवा बाट आफू अत्यन्त खुशी भएको आफ्नै देशमा यति राम्रो काम भै रहेको हुँदा सतिले सरापेको देश भन्ने उखान अब परिवर्तन गर्नु पर्ने समेत बताउनु भयो । साथै कलेजो दताले आफूले पूर्ण स्वस्थ्य लाभ गरे पछि सम्पूर्ण अंगहरु मृत्यू पश्चात दान दिने इच्छा समेत व्यक्त गर्नु भयो ।
देशमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गर्नका साथै केन्द्र स्थापनाको छोटो अवधिमै अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हाँसील गरेको छ । अंग दान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थान लिँदै ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण भई रहेको छ भने हालसम्म उक्त केन्द्रमा १० वर्षको अवधिमा १०७० जनाको मृगौला प्रत्यारोपण समेत भई सकेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको उक्त केन्द्रको आफ्नो भवन नहुँदा अंग फेल भएका धेरै विरामीहरुलाई प्रत्यारोपण सेवाको पहुँच दिन नसकिएको हुँदा नेपाल सरकारले आ.व. २०८०÷८१ को बजेट बक्तब्यमा केन्दको क्षमता विस्तार गर्नका साथै मृर्गौला प्रत्यारोपण सेवा सबै संघीय अस्पतालबाट व्यवस्था गर्ने घोषणा गरेको हुँदा केन्द्रले आगामी वर्ष आफ्नो सेवामा व्यापक बृद्धि गर्ने आशा राखेको छ ।