बेखालको सिलमा एक छिन्……..

बेखालको सिलमा एक छिन्……..

भक्तपुर, श्रावण ३२ गते
काठमाण्ठौंस्थित सिटिजन बैंक कोटेश्वर शाखाका ९ जनाको कोरोना परीक्षणा गर्दा शनिवार ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमित बैंकका ५ जना कर्मचारी मध्ये एक जना कर्मचारी भक्तपुर नगरपालिका वडा नम्वर १० बेखालका एक पुरुष रहेछन् । उनी बैंक र घर, घर र बैंकमै ब्यस्त रहथे अरुसँग घुलमिल नगर्ने व्यक्ति र उनको परिवार पनि त्यति बाहिर नआउने भएकाले यसले स्थानीय समुदायमा कोरोनाको जोखिम नभएको स्थानीय रमेश सुवालले बताए । उनी आईतबार विहान सायद यहि सन्देश दिन सिल गरिएको छेउँमै रहेको गणेश मन्दिरमा उभि रहेका हुन जस्तो लाग्थ्यो ।

भक्तपुरको प्रसिद्ध नागपोखरीबाट बेखाल, मुलढोका कमलविनायक आउने जाने बाटो कोरोना संक्रमणका कारण शनिवार साँझ देखि सिल गरिएको छ । एक जनामा कोरोना संक्रमण देखिएपछि १७ घर सिलमा परेको छ । तीन जनाको परिवारमा एक जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित परिवारको कोरोना परिक्षण गर्न बाँकी नै छ भने संक्रमण पुष्टि भएका व्यक्तिलाई शनिवार नै उपचारका लागि अस्पताल लगि सकेको छ । उनका परिवार घरमै छन् सुवालले बताए ।
छरछिमेकीहरु दैनिक काममा व्यष्ट छन्, कोही लुगा धुने, घारामा पानी लिनेक्रम जारी थियो । लाग्थ्यो, त्याहाँ केही भएको छैन । बटुवाहरु भने सिल गरेको छेउँमा पुगेपछि अलमलमा पर्ने गरेको देखिन्थ्यो । बासको बारमा निषेधाज्ञा वा प्रवेश निषेधका सन्देशहरु राखेका छन् । त्यही पुगेपछि मात्रै बटुवाहरु सचेत हुने गरेको देखिन्थ्यो । कतिपय बटुवाहरुले माक्स समेत नलाई ओहोरदोहर गरी रहेका देखिथे ।
सदा झै आइतबार बिहान मोटरसाइकलबाट दुध बिक्रि गर्न आएका ब्यापारी पनि सिल गरिएको छेउँमा आइपुगे । मोटरसाइलकबाट हर्न बजाउने बितिकै सिल गरिएको एउटा घरबाट एकजना युवा सिल बाहिर दुध लिन आए । उनको मुखमा माक्स थियो, खुट्टामा चपल थियो, लाग्थ्यो कुनै डर छैन । सोधि हाले सिल पछि कस्तो हुँदै छ ? उनले भने सिल गरेपछि डर त लागि हाल्छ नि । कुरा गर्न फुर्सत छैन । साह्रै ब्यस्त छु ।


आफै सचेत हुन सके जोखिम हुदैन, हेलचेक्राइ गर्यो भने जोखिम छ स्थानीय रमेश सुवाल बताउँछन् । छरछिमेकमा अहिलेसम्म यो बाहेक कही संक्रमण नभएकाले डर भने लागि रहेको उनले सुनाए । माक्स लागाएर हिडियो भने सुरक्षित हुन्छौं उनले भनाई थियो तर सिल भित्र रहेका मानिसहरु माक्स बिना किनमेलमा निस्कछन्, सिल गर्नुको ओचित्य के? प्रश्न उब्जिएको छ । एक जना महिला बटुवा सिल भित्रबाट ओहोरदोहर गर्दै थियो, मुखमा माक्स समेत थिएन । सिल गरिएको नजिकैको गलिबाट उनी गन्तव्यमा हिडे । त्यहाँ के भइरहेको छ उनलाई जानकारी थिएन सायद्
स्थानीय वडाध्यक्ष लक्ष्मिप्रसाद ध्यौमिखाले आफ्नो वडामा संक्रमण देखिएपछि १७ घरलाई प्रहरीको समन्वय र स्थानीय समुदायको सल्लाहमा शनिबार साँझ देखि सिल गरेको बताउनु भयो । १७ घरका १ सय १५ सदस्यहरु अहिले सिलमा रहेको बताउँदै उहाँहरुकालागि अतिआवश्यक सरसामान किनमेलको ब्यवस्था बारे छलफल समेत भइरहेको उहाँले बताए । संक्रमित व्यक्तिमा कुनै लक्षण नदेखिएको संक्रमति स्वयंमले आफूलाई बताएको बताउँदै वडाध्यक्ष ह्यौमिखाले उनका सानो बच्चामा सर्ने डरले मात्रै उनी अस्पताल गएको बताएका छन् । यसरी लक्षण विना कोरोना संक्रमण देखिएकाले सिलमा परेका समुदायको कोरोना परीक्षण जनस्वास्थ्य कार्यालयका चिकित्सकको सल्लाह र स्थानीय समुदायको माग अनुसार गर्ने उहाँले जनाए भने सिलमा रहेका समुदायलाई दैनिक आवश्यकीय बस्तु किनमेलकालागि पनि स्थानीयसँग छलफल भइरहेको वडाध्यक्ष ह्यौमिखाले बताए । आवश्यकता अनुसार स्वयंमसेवक समेत परिचालन गर्ने उहाँले जनाए ।