विश्व वातावरण दिवसको अवसरमा बृहत वृृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा बृहत वृृक्षारोपण
भक्तपुर, जेष्ठ २२ गते
विश्व वातावरण दिवसको अवसरमा सूर्यविनायकस्थित इन्द्रबक्स गण परिसरमा आज वृहत वृक्षारोपण गरेको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिझालले रुद्राक्षको बोट वृक्षारोपण गर्दै सो अवसरमा भएको कार्यक्रममा उहाँले अनुशासितरुपमा हुने सामुहिक प्रयासले मात्रै वातावरण संरक्षण गर्न सकिने धारणा राख्नु भयो । प्लास्टिकको प्रयोग बढेकाले फोहर बढेको भन्नु भन्दा सबैले प्लाष्टिकको प्रयोग पछि व्यवस्थापनमा पनि ध्यान दिन सके वातावरण संरक्षणमा टेवा पुग्ने आफ्नो जापानबस्दाको अनुभव सुनाउनु भयो ।

कार्यक्रममा डिभिजन बन कार्यालय भक्तपुरका प्रमुख प्रेम सापकोटाले बढ्दो जलवायु परिवर्तनले मानव समाजमा प्रभाव परिरहेको प्रति विश्वजगतको ध्यानाकर्षण भइरहेको बताए । भारत र चीनमा रहेको ठूल ठूला उद्योगहरुका कारण नेपालको जलवायुमा असर परिरहेको विश्लेषण गर्दै प्रमुख सापकोटाले वातावरण स्वच्छ राख्न जल, वायु, ध्वनी र जमिनमा हुने प्रदुषर्ण नियन्त्रण गर्न सक्नुपर्नेमा जोड दिनु भयो ।
फलफूल, मसला र अन्य विभिन्न प्रजापतिका ३५० वोट विरुवाहरुको वृक्षारोपणको तयारी भएको सो कार्यक्रमका अवसरमा इन्द्रवस गणका गणपति श्यामराजा विक्रम थापा सहित अतिथी र सेनाका अफिसर एवं जवानहरुले पनि वृक्षारोपण गरेका थिए ।