नागरिकता विद्येयक विरुद्ध नेक्रायुसंघको सडक आन्दोलन सुरु

नागरिकता विद्येयक विरुद्ध नेक्रायुसंघको सडक आन्दोलन सुरु
भक्तपुर, जेष्ठ १९ गते
“साँचो नेपालीले नागरिकता पाओस तर विदेशीलाई बंशजको नागरिकता नदियोस्” भन्दै भक्तपुरमा नागरिकता विद्येयकको खारेजीको माग गर्दै सडक आन्दोलन थालेको छ । नेपाल मजदुर किसान पार्टीको वर्गिय संगठन नेपाल क्रान्तिकारी युवा संघले चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्रमा आज एक्कै दिन छुट्टा छुट्टै जुलुस र सभा आयोजना गरी हालै राष्ट्रपतिले अनुमोदन गरेको नागरिकता विद्येयकको खारेजीको माग गरेका हुन ।


चाँगुनारायण नगरपालिकाको टेलकोटबाट सुरु भएको विरोध जुलुसमा बोल्दै नेक्रायुसंघका मिनबहादुर बाटाले चोरबाटोबाट राष्ट्रपतिले स्वीकृत गरेको नागरिकता विद्येयक खारेज नगरे देश सिकिम र फिजी जस्तै भारतमा विलय हुने भएकाले साँचो नेपाली जनता विरोधमा आउनुपर्नेमा जोड दिए भने नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष राजेन्द्र चवालले विदेशीलाई पनि बंशजको नागरिकता दिने नागरिकता विद्येयक देश र जनताको हित विपरित भएकाले यसको खारेजीको माग गर्दै नागरिकता विद्येयक खारेज नगरेसम्म आन्दोलनमा उत्रिन्न आह्वान गर्नु भयो ।
कार्यक्रममा राजन फुयाल र अर्जुन काफ्ले सहितका वक्ताहरुले सत्तासिन दलहरुले भारतलाई रिझाउन अखण्ड भारतलाई समर्थन गरेर नेपाललाई भारतमा विलय गराउने षडयन्त्र गरेको भन्दै नागरिकता विद्येयक र भारतले हालै सांसद भवनमा नेपालको कपिलबस्तु र लुम्विनी सहितको भुभाग समेतिको अखण्ड भारतको नक्साको विरोध गरेको छ ।