ज्ञानकुञ्चको ज्ञान ज्ञानकुञ्च पुस्तक विमोचन
भक्तपुर, जेष्ठ १९ गते
ज्ञानकुञ्च टोल सुधार समितिले ज्ञानकुञ्च पुस्तक विमोचन गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १स्थित भाज्य पुखूसँगैको विभिन्न वस्तिहरुको एकिकृत नाम ज्ञानकुञ्च टोल सुधार समितिले स्थानीय समाजसेवी कृष्णप्रसाद दुमरुले देखेको ज्ञानकुञ्च पुस्तक आज विमोचन गरेका हुन ।च्वङापाखे गणेश मन्दिर प्रांगणमा आयोजित बनभोज कार्यक्रममा स्थानीय जनप्रतिनिधी श्यामकृष्ण खत्रीले लेखक दुमरुको पुस्तक ज्ञानकुञ्चको विमोचन गर्दै ज्ञानकुञ्चमा बसोबास गर्ने २२ जिल्लाका मानिसहरुको ज्ञान र प्रतिभा नयाँ पुस्तामा हस्तान्तरण गर्न सके नयाँ पुस्ता सक्षम हुने विश्वास व्यक्त गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुँदै आएको सो वडाका ५ वटा टोल सुधार समितिहरु मध्ये ज्ञानकुञ्चले पुस्तक विमोचन सहित बनभोज आयोजना गरेर वस्तीमा रहेका बुद्धिजीवीहरुलाई चिन्ने अवसर मिलेको बताउनु भयो । भक्तपुर क्याम्पसले दिइरहेको उच्च शिक्षा र स्थानीय बुद्धिजीवीहरुको प्रयासले नै ज्ञानकुञ्च बस्ती विकास भएको चर्चा गर्दै उहाँले स्थानीय अग्रहजहरुको जिज्ञासा र गुनासाहरुलाई प्रष्ट्याउदै नगर खेलकूद समितिका अध्यक्ष समेत रहेको खत्रीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उदेश्य अनुसार एक घर एक स्नातक अभियान सञ्चालन गर्दै भक्तपुर नगरपालिकाले ख्वप कलेजहरु स्थापना गर्दै आएको बताउनु भयो । बाहिर साह्रे एघार लाख सम्मपर्ने शिक्षा ख्वप ल कलेजले साह्रे चार लाखमा दिइरहेको बताउँदै अहिले नगरपालिकाले ८ वटा कलेजहरु सञ्चालन गरी सुलभ शिक्षा दिइरहेको भन्दै पैसाकै कारण अध्ययन गर्न नसक्नेलाई ५ लाख, स्वरोजगार हुन चाहनेलाई ५ लाखसम्म ६ प्रतिशतमा ऋणको व्यवस्था गरेको चर्चा गर्दै वर्षको ३ करोडसम्म छात्रवृटि वितरण गर्दै आएको बताउनु भयो । यसै गरी नगरवासीहरुलाई १५।२० मिनेटमै स्वास्थ्य सेवा दिन सक्ने गरी डक्टर सहितको स्वास्थ्य केन्द्रहरु स्थापना गरी ख्वप अस्पताल सञ्चालन हुँदै आएको बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नम्वर १का वडासदस्य सुर्यप्रसाद श्रेष्ठ, कल्पणा शिल्पकारले पनि बोल्नु भएको सो कार्यक्रममा समालोचक उदय निरौला लेखक कृष्णप्रसाद दुमरु, रमेश कोजू, सुभद्रा ध्वोजू, नारायण थापा र राजन कोजूले पनि ज्ञानकुञ्च टोल सुधार समितिका गतिविधि र पुस्तकले समेतिका विषयवस्तुमाथि प्रकास पारेका थिए ।
विमोचित पुस्तक ज्ञानकुञ्चमा स्थानीय सांस्कृतिक सम्पदाहरुको परिचय, टोल सुधार समितिको विकासक्रम र गतिविधिहरु तथा तोल सुधार समितिले समेतिएका दुगुरे, खिङाख्वा र तपाखेमा भइरहेको वस्ति विस्तारको स्थिति बारे पनि प्रकाश पारेको छ । ५२ पृष्ठको ज्ञानकुञ्च रु. १ सय रुपियाँ मूल्य सहित ५ सय प्रति प्रकाशन गरेको लेखक दुमरुले जनाएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














