वागीश्वरीमा विद्यालय–प्रहरी सम्पर्क समिति सठन

भक्तपुर ८ चैत्र
वागीश्वरी माध्यामिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विद्यालय–प्रहरी सम्पर्क समिति प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको संयोजकत्वमा दश सदस्यीय नया“ समिति गठण भरिएको छ ।
विद्यालयमा २०७५ सालमा पनि यस्तो समिति गठन भएको स्मरण गर्दै प्रधानाध्यापक धन्छाले नया“ गठीत समितिले अझ सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । अपराध रोकथाम, सामाजिक बिकृति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग गर्ने, नेपाल प्रहरी र स्थानीय तहविच संस्थागत साझेदारी निर्माण गर्ने समुदाय–प्रहरी साझेदारीको अवधारणा रहेको प्रहरी नायब निरिक्षक डिकराज प्रसाईले बताउनुभयो ।
समितिका सदस्यहरुमा शिक्षक प्रतिनिधिहरु मै“याकेशरी कोजू, तुल्सीराम प्रजापति, अभिभावकहरु न्हुछेकुमार प्रजापति, मङ्गकेशरी कासिछ्वा, विद्यार्थीहरु प्रवेश पाण्डे, अनिल थापामगर, लक्ष्मी बडुवाल र आजेस्वी खड्का रहेको छन् ।