डढेलो नियन्त्रणका लागि भक्तपुरका पत्रकारहरुलाई अभिमुखिकरण

डढेलो नियन्त्रणका लागि भक्तपुरका पत्रकारहरुलाई अभिमुखिकरण

भक्तपुर, चैत्र २ गते
चैत्र बैसाखको हुरिवतासको समयमा हुन सक्ने डढेलो नियन्त्रणकालागि जनचेतना अभिवृद्धि गर्न आज डिभिजन बन कार्यालय भक्तपुरले पत्रकार अभिमुखिकरण गरेको छ । स्वच्छ वातावरणकालागि ४० प्रतिशत भूभागमा बन सम्पदा हुनुपर्ने भएपनि भक्तपुर जिल्लामा जम्मा १७ प्रतिशत मात्रै बन रहेको उल्लेख गर्दै डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेम सापकोटाले वर्षेनीे चैत्र बैसाखको चर्को गर्मीमा विभिन्न कारणले डढेलोबाट बनसम्पदा र बन्य जन्तु नष्ट भएको र थप हुने संभावना रहेको बताउनु भयो । यसको रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको भन्दै पत्रकारहरुलाई प्रचार प्रसार गर्न आग्रह गरेका हुन । नेपाल पत्रकार महासंघको समन्वयमा भएको सो छलफलमा जलवायु परिवर्तनका प्रभावहरुका सवालहरुमा पनि छलफल भएको थियो भने बन्य जन्तुको चोरी सिकारी तथा तस्करी रोकथामका समस्या र चुनौतिहरुका सवालहरुमा पनि अन्तरक्रिया भएको थियो ।


डिभिजन वन कार्यालय भक्तपुरले यो वर्ष ४० हजार भन्दा बढी बोट विरुवा वितरण गरी बन सम्पदाको संरक्षण अभियान सञ्चालन गर्ने उहाँले बताए । डढेलो नियन्त्रणकालागि अहिले नगरपालिकास्तरमा अभिमुखिकरण र जनचेतनामूलक गतिविधिहरु पनि आयोजना गर्दै आएको उल्लेख गर्दै कार्यालय प्रमुख सापकोटाले वातावरण संरक्षणकालागि बन सम्पदा संरक्षणमा समाजमा फैलिएको ब्याप्त अन्धविश्वासले पनि वन सम्पदा र बन्य जन्तुको सिकार भइरहेको चर्चा गरेका थिए भने पत्रकारहरुले गत वर्ष सल्लाघारीमा रुख ढलेर भएको दुर्घटनाको समीक्षा गर्दै बन सम्पदा संरक्षणमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए ।