एमसीसी विरोध भक्तपुरका युवा विद्यार्थीद्वारा जुलुस र सभा आयोजना
भक्तपुर, भाद्र २३ गते
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा अमेरिकी मिलिनियम च्यालेन्ज कअपरेशन एमसीसीको विरोधमा आज विरोध जुलुस एवं सभा आयोजना गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकबाट सुरु भएको सो जुलुस च्याम्हासिंह, सूर्यमढी, दत्तात्रय, गोलमढी, स्कूलढोका, तौमढी, राममन्दिर हुँदै सूर्यविनायक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
एमसीसी चाहिँदैन, अमेरिकी सामाज्यबाद मूर्दावाद, भारतीय विस्तारबाद मूदावाद, नेमकिपा जिन्दाबाद लगायतका नाराहरु सो अवसरमा लगाएका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्दीय सदस्य उकेश कवांले अमेरिकी सेना जुन जुनदेशमा प्रवेश गरेका छन् त्यो त्यो देश युद्धले ध्वस्त भएको उद्धाहरणहरु प्रस्तुत गर्दै राष्ट्रिय स्वाधिनता र सार्वभौकिता रक्षाका लागि एमसीसी खारेज गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले सच्चा इमान्दार सत्तासिन एवं ठूला राजनैतिक दलका नेता कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा रहेको उल्लेख गर्दै एमसीसी विरोधी आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले सहयोगको नाममा हस्तक्षप हुँदैन भन्ने हो भने संविधान भन्दा माथि राखेर किन संसदबाट एमसीसी पास गर्न खोज्दै छ? भनि प्रश्न गर्नु भयो ।
कार्यक्रममा नेक्राविसंघका सचिब रमेश प्रजापतिले देशघाटी एमसीसीको विरोधमा उत्रेका आन्दोलनकर्मीलाइ प्रहरी प्रशासनले गरेको दमनको भत्सर्ना गर्नु भयो । देशको सार्वभौमिकता रक्षाको लागि प्रहरी पनि लाग्नुपर्नेमा जोड दिन्दै उहाँले आन्दोलनकारीलाई दबाउने होइन, आन्दोलनमा सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेक्रायुसंघ जिल्ला समिति भक्तपुरका अध्यक्ष मिनवहादुर बाटाले एमसिसीको नाममा सत्तादारी दलहरुले देशलाई विदेशीको दास बनाउन खोजेको भन्दै नेपाल अहिलेसम्म कहिले पनि कुनै देश र सामाज्यको दास नबनेको र भविष्यमा पनि बन्न नदिन एमसीसी विरोधी अभियानमा सहभागि हुन आग्रह गर्नु भयो । सो अवसरमामा आयोजकहरुले एमसीसी विरोधी आन्दोलनलाई थप सशक्त बनाउएर एमसीसी पास गर्न नदिने बताए।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...












