एमसीसी विरोध भक्तपुरका युवा विद्यार्थीद्वारा जुलुस र सभा आयोजना
भक्तपुर, भाद्र २३ गते
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा अमेरिकी मिलिनियम च्यालेन्ज कअपरेशन एमसीसीको विरोधमा आज विरोध जुलुस एवं सभा आयोजना गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकबाट सुरु भएको सो जुलुस च्याम्हासिंह, सूर्यमढी, दत्तात्रय, गोलमढी, स्कूलढोका, तौमढी, राममन्दिर हुँदै सूर्यविनायक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
एमसीसी चाहिँदैन, अमेरिकी सामाज्यबाद मूर्दावाद, भारतीय विस्तारबाद मूदावाद, नेमकिपा जिन्दाबाद लगायतका नाराहरु सो अवसरमा लगाएका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्दीय सदस्य उकेश कवांले अमेरिकी सेना जुन जुनदेशमा प्रवेश गरेका छन् त्यो त्यो देश युद्धले ध्वस्त भएको उद्धाहरणहरु प्रस्तुत गर्दै राष्ट्रिय स्वाधिनता र सार्वभौकिता रक्षाका लागि एमसीसी खारेज गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले सच्चा इमान्दार सत्तासिन एवं ठूला राजनैतिक दलका नेता कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा रहेको उल्लेख गर्दै एमसीसी विरोधी आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले सहयोगको नाममा हस्तक्षप हुँदैन भन्ने हो भने संविधान भन्दा माथि राखेर किन संसदबाट एमसीसी पास गर्न खोज्दै छ? भनि प्रश्न गर्नु भयो ।
कार्यक्रममा नेक्राविसंघका सचिब रमेश प्रजापतिले देशघाटी एमसीसीको विरोधमा उत्रेका आन्दोलनकर्मीलाइ प्रहरी प्रशासनले गरेको दमनको भत्सर्ना गर्नु भयो । देशको सार्वभौमिकता रक्षाको लागि प्रहरी पनि लाग्नुपर्नेमा जोड दिन्दै उहाँले आन्दोलनकारीलाई दबाउने होइन, आन्दोलनमा सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेक्रायुसंघ जिल्ला समिति भक्तपुरका अध्यक्ष मिनवहादुर बाटाले एमसिसीको नाममा सत्तादारी दलहरुले देशलाई विदेशीको दास बनाउन खोजेको भन्दै नेपाल अहिलेसम्म कहिले पनि कुनै देश र सामाज्यको दास नबनेको र भविष्यमा पनि बन्न नदिन एमसीसी विरोधी अभियानमा सहभागि हुन आग्रह गर्नु भयो । सो अवसरमामा आयोजकहरुले एमसीसी विरोधी आन्दोलनलाई थप सशक्त बनाउएर एमसीसी पास गर्न नदिने बताए।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














