सँस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपट्का नपड्काऔं
भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा तिहारमा बरुद्धपट्का पट्काउँदा हुने हानी नोक्सानी र मानिसहरुलाई अंगभंग हुन बाट भक्तपुर नगरभित्रका पसलहरुमा बारुद्धपटका बेचविखन गरेको छ छैन भनि अनुगमन गरियो । उहाँले सँस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपट्का नपड्काऔं, अंगभंग हुनबाट बचाऔं भने भनाईलाई सार्थक बनाउन अनुगमन गर्दा अनुगमनमा तास, बारुद्ध पट्का भेटिएको संयोजक गोराले बताउनुभयो ।
न्यु गुप्ता पान भण्डार पसल नविकरण गर्न र जुवा खेल्ने तास ३६ जोर जफत गरी नष्ट गरियो । त्यस्तै लक्ष्मी स्टोर विना दर्ता २०७० सालदेखि संचालन गरेकोले तीनदिन भित्र दर्ता गर्न, नागिन चक्र बरुद्ध ३८ पिस जफत गरि नष्ट गरी तीन दिन भित्र नगरपालिकामा हाजिर हुन निर्देशन दियो । त्यस्तै कृष्ण प्रसाद श्रेष्ठको पुजा सामाग्री पसलमा चक्र पटका बरुद्ध ९ पिस, गोल्डेन कोब्रा बार २९ पाकेट, रकेट पट्का २ पाकेट, रोल क्याप बार ८ रोल, जफत गरी नष्ट गरियो भने पसल दर्ताको कागजात नदेखाएकोले कागजात लिएर तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै नारायण कृष्ण छुंजुको किराना पसलमा चक्रबार १० पिस, कोब्रा बारुद्ध ५ पाकेट, गमला बार १० पिस, भुईच्याम्पा बारुद्ध ५ पाकेट जफत गरी नष्ट गरियो भने पसल नविकरण गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै अनिता स्टोर कोब्रा बारुद्ध १०४ वटा जफत गरी नष्ट गरियो भने पसल दर्ता नभएकोले दर्ता गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो साथै जफत गरिएको बारुद्धपट्का करिब दश हजार रुपैंया बराबरको रहेको बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयमा यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भागउर प्रसाद हरिजन, प्रहरी जवान चन्द्र बहादुर खत्री र टिकाराम यरी, उद्योग बाणिज्य संघका गौतम सुजखुको सहभागी थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













