वागीश्वरी कलेजमा रचनात्मक समस्या समाधानका दृष्टिकोण सम्बन्धि कार्यशाला सम्पन्न

वागीश्वरी कलेजमा रचनात्मक समस्या समाधानका दृष्टिकोण सम्बन्धि कार्यशाला सम्पन्न
भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा बीए, बीबीएस र बीबीए तहमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोण सम्बन्धि कार्यशाला सम्पन्न भयो । कार्यशालामा वागीश्वरी कलेजमै अध्ययनरत विद्यार्थी कृपा प्रजापति र पूर्व विद्यार्थी निष्ठा कायष्ठले विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए ।


कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले समाधान विनाको समस्या नहुने र हामीमा हरेक समस्यालाई रचनात्मक धङ्गले समाधान गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो । त्यसै गरी वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी संस्था स्थापना गर्दा भोगेका समस्या र समस्यालाई कसरी रचनात्मक सरल तरीकाले समाधान गरियो, विगतका इतिहास सम्झनु भयो ।
कार्यशाला गोष्ठीका प्रशिक्षक निष्ठा कार्यष्ठ र कृपा प्रजापतिको योजना विश्वविद्यालय अनुदान आयोग अन्तर्गतको कार्यक्रम युवा उद्यामशीलता कार्यक्रममा छनोट भएको थियो र बिउ पू“जी पनि प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रममा वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले कार्यशालामा भाग लिएका ३० जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षकहरुलाई मायाको चिनोले सम्मान गर्नुभएको थियो ।