जनताका समस्याहरुको समाधान दिन सक्दैन भने जनप्रतिनिधीहरुको आवश्यकता र औचित्य छैनः नगर प्रमुख सुनिल प्रजापति
भक्तपुर, जेष्ठ ७ गते
जनताका समस्याहरुको समाधान दिन सकेन भने जनप्रतिनिधीहरुको आवश्यकता र औचित्य नभएको भन्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जनतालाई राजनैतिकरुपले सचेत गर्न सकेमात्रै जनप्रतिनिधीहरुको सेवा दिगो हुने विचार व्यक्त गर्नु भएको छ । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले आज भक्तपुरमा आयोजना गरेको बढाइ ज्ञापन समारोहमा बोल्नु हुँदै नगर प्रमुख प्रजापतिले समाजका विज्ञहरुको सल्लाह अनुसार नगरवासीका लागि शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा देशकै नमूना काम गर्न सकेको बताउनु भयो । ख्वप इन्जिनियरिङ्ग कलेज स्थापना गर्दा उठाइ सकेको पिलर भत्काएर कलेज बनाउँदा तिनका परिवारलाई कस्तो चोत पुग्यो होला, घेरै जनताको सुविधाका लागि केहीलाई समस्या हुने स्वभाविक भए पनि तिनको पनि समाधान खोज्ने उल्लेख गर्दै इथुमलिमा ख्वप विश्वविद्यालय स्थापनाको तयारी गर्दा जग्गा नदिनेहरुले अहिले जग्गा दलालहरुलाई जग्गा बेचेर न त विश्व विद्यालय स्थापना गर्न दियो न जग्गा बचाइ राख्न सक्यो । त्यसरी दुःख दिनेहरु माओबादी बनेर शिक्षा विरोधी गतिविधिमा सक्रिय रहेको उल्लेख गर्नु भयो । शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि नसिंग कलेज बन्द गराउनु माओवादीको गलत नीति भएको भन्दै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय र मेडिकल कलेज दिएर सरकारलाई के बिग्रिन्थ्यो ? भन्दै नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालकाद्वारा सञ्चालित ७ वटा कलेजहरुबाट देशभरका ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिइरहेको प्रष्ट पार्नु भयो ।
एमसीसीको विरोधमा देशव्यापी आन्दोलन गरी एमसीसी पक्षधरहरुलाई लखेत्ने वातावरण नेमकिपाले बनाएको उल्लेख गर्दै राजनैतिक सचेतना र स्वच्छताले मात्रै देश विकास हुन सक्ने भन्दै नगर प्रमुख प्रजापतिले हत्तार नगरी योजनाबद्धरुपमा देश र जनताका लागि सेवाभावले काम गर्दै आएको प्रष्ट्याउनु भयो । उहाँले जनतासँग लिएर जनताकै सेवा गर्ने नेमकिपाको अवधारणा कोरोना संक्रमणका बीच देश विदेशबाट सहयोग जुताई स्थापाना गरेको अक्सिजन प्लानले निःशुल्क रुपमा अहिलेसम्म अक्सिजन वितरण गरिरहनु जस्तै रहेको बताउँनु भयो ।
भक्तपुरका कृषकहरुलाई आवश्यक मलको ध्यानाकर्षण गराउँदा पनि सरकार र मातहतका निकायले कृषकलाई कति मल चाहिन्छ भने तथ्यांग समेत राख्ने नगरेको प्रति आपति जनाउनु भयो । जनप्रतिनिधीले पद्भार सम्हालेको दिन देखि नै जनगुनासोको सुनुवाई गर्न थालेको उल्लेख गर्दै नगरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी भक्तपुर नगरमा छिट्टै आउने तयारी भएको जनाउनु भयो । कटुञ्जे भक्तपुर नगरका लागि ८० लाख लिटरको ट्यांकी बनिसकेको र त्यहाँ जम्मा भएको पानीले नगरको तौमधी माथिका समुदायकालागि पर्याप्त हुने अनुमान गर्नु भयो ।
सो अवसरमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको ऐतिहासिक सम्पदा संरक्षणका काम धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै जनताले दिएको विश्वासलाई आत्मसाथ गर्दै विगतको ५ वर्षमा झै अवको ५ वर्ष पनि थप विश्वसनियता बढाएर देशभरका अन्य पालिकाहरुका लागि समेत प्रेरणाको श्रोत हुने गरी काम गरि देखाउन निर्वाचित जनप्रतिनिधीहरु प्रतिबध रहेको बताउनु भयो । सो अवसरमा पूर्व जनप्रतिनिधी एवं सेवा निवृत्त शिक्षक ज्ञान सागर प्रजापतिले शिक्षण पेसा र जनप्रतिनिधीलाई तुलना गर्दै जनप्रतिनिधी भएर २०३९ देखि २०४५सम्म काम गरेको भूमिका भारिरहेको उल्लेख गर्दै त्यतिबेला बसालेका संम्रचनाहरु अहिले महेश्वरी खेलमैदान र ख्वप हस्पितल बन्न सकेकोमा गौराम्भित भएको बताउनु भयो । अर्का सेवा निवृक्त शिक्षक विश्वराम कवांले भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुको नमूनायोग्य कार्यशैलीप्रति देश विदेशमा चर्चा पाईरहेकोमा गौराम्भिव भइरहेको बताउँदै कहि कतै कमर्चारीहरुको कमिकमजोरीले नगरपालिकाको छविमाथि प्रश्न उठ्ने गरेको प्रति पनि ख्याल राख्न जनप्रतिनिधीहरुलाई आग्रह गर्नु भयो ।
सेवा निवृत्त शिक्षक समाजका अध्यक्ष अम्भिकामान मानन्धरको सभापतित्वमा आयोजित सो समारोहमा निवृक्त शिक्षक रामगोपाल कर्माचार्य, तृल्सिराम ग्वाछा, रत्नकेशरी कक्षपति र भक्तपुर भनपा९का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नु भएको थियो । सो अवसरमा अध्यक्ष मानन्धरले नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी श्रेष्ठ र वडाध्यक्षहरुलाई खाडा बोडाएर बढाई तथा शुभकामना व्यक्त गरेका थिए ।












