भ्रष्टाचार विरोधी अभियान्ताहरुलाई भ्रष्टाचारी भने पछि………..

भ्रष्टाचार विरोधी अभियान्ताहरुलाई भ्रष्टाचारी भने पछि………..
भक्तपुर, बैशाख २७ गते
भ्रष्टाचार विरोधी अभियान्ताहरुलाई भ्रष्टाचारी भने पछि तिनीहरु उल्लु भएको टिप्पणी भएको छ । लक्ष्मि पैसाका देवी, उल्लू त्यसका बहान जस्ले दिउँसो आँखा देख्दैनन् राती मात्रै देख्छ, पैसाको छेलोखेलोमा बस्छ । उसैले भ्रष्टाचारको आरोप लगाउँछ भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले नेमकिपाको विकास मोडल नबुझि टिका टिप्पणी गर्नेहरु उलु भएको बताएका हुन । राजनैतिक पूर्वाग्रहका कारण ख्वप विश्वविद्यालय सञ्चालन अनुमति नदिएको कुरा खुलासा गर्दै अध्यक्ष विजुक्छेले विकास विरोधीहरुले भ्रष्टाचारको आरोप लगाएर चित्त दुखाउने कार्य गरेको बताउनु भयो ।

भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा सोमबार आयोजित चुनावी सभामा सम्बोधन गर्दै उहाँले नेमकिपा देश र जनताको सेवाका लगि लागि रहेको भएपनि सत्तासिन दलहरुकोे नेमकिपा विकास होला भन्ने पूर्वाग्रहका कारण मेडिकल कलेज सञ्चालन स्वीकृति नदिएको बताउनु भयोे । ख्वप इन्जिनियरिङ्ग कलेजले इन्जिनियरहरु उत्पादन गरे जस्तै ख्वप मेडिकल कलेजबाट देश र जनताको सेवा गर्ने डाक्टरहरु उत्पादन गर्न भक्तपुर नगरपालिका सक्षम रहेको बताउनु भयोे । यसै बीच उहाँले भन्नु भयो हाम्रा साँस्कृतिक गुरु, डकर्मी, सिकर्मीहरुले जानेका कुरा विदेशमा इन्जिनियरहरुले काम गर्छन् । त्यसैले उहाँहरु हाम्रा प्रोफेसर र इन्जिनियरहरु हुन । पूराना घर सम्रचना बनाउने जनशक्ति कम हुँदै गइरहेको बेला नयाँ पुस्तालाई ति सिपहरु सिकाएर ऐतिहासिक र साँस्कृतिक, परम्परागत शैलीको सम्रचना संरक्षण नै हाम्रो योगदान र मौलिक विकास भएको अध्यक्ष विजुक्छेले जोड दिनु भयो । यसै बीच वहाँले देशलाई आत्मनिर्भर बनाउने भन्दा पनि भारत र अमेरिकी सहयोग लिएर सत्तासिन दलहरुले देशलाई परर्निभरता तर्फ धकल्दै गएको विश्लेषण गर्नु भयो ।
भक्तपुरसँग मितेरी लगाएका पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गरी २२ सय मानिसको हत्या गरी नगरको विभिन्न ठाउँ, इनारहरुमा समेत मारिएका मान्छेहरु फालेर खानेपानी प्रदूर्षित गरेको चर्चा गर्दै अहिले सघियता पछि आएको स्थानीय तहको सरकारले पनि भक्तपुरको खानेपानीको श्रोतलाई प्रदुर्षित पारे जस्तै पानीमा विष हाल्न सक्नेप्रति सचेत पार्नु भयो । भक्तपुरलाई आफ्नै खुट्टामा उभिन्न सक्ने शैक्षिक विकासलाई ठेस पुग्ने गरी भइरहेको टिक्का टिप्पणीप्रति विभिन्न क्षेत्रबाट ध्यानाकर्षण गराउँदै आएको बताउँदै अध्यक्ष विजुक्छेले विरोधीहरुले जे जस्तो झुठको खेती गरेपनि धैर्यता अपनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख उम्मेदवार सुनिल प्रजापतिले विगत ५ वर्षमा भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य, सरसफाई र कला संस्कृतिमा देशकै उदाहरणीय नगरपालिकाको रुपमा विकास गरेको कुरा विरोधीहरुलाई पाच्य नभएर जथाभावि आलोचना भइरहेको तथ्य प्रस्तुत गर्दै नगरको खानेपानी समस्या समाधानका लागि मेलम्चीको पानी ल्याउने देखि स्थानीयस्तरमै बोरिङ्ग गरी पानी वितरणको प्रयासहरु भइरहेको बताए । ख्वप विश्वविद्यालय स्थापना गरी १५ ।१६ लाखमै जनताका छोरा छोरीलाई डाक्टर बनाउने योजनाहरु विरोधीहरुको अवरोधका कारण अहिलेसम्म पूरा नभएकोे बताउनु भयो । भक्तपुर नगरलाई साँस्कृतिक र व्यवस्थित नगरको रुपमा विकास गर्न अझै धेरै काम गर्न बाँकी रहेको नगर प्रमुखका उम्मेदवार प्रजापतिले जोड दिनु भयो । सो अवसरमा नगर उपप्रमुखका उम्मेदवार रजणी जोशीले जनताको सहयोग एवं साथबाट मात्रै २०७४ सालको निर्वाचन घोषणा पत्रमा उल्लेख गरेका प्रतिवधताहरु पूरा गर्दै देशकै उत्कृष्ठ नगरपालिकाको रुपमा विकास गर्न सकेको बताउनु भयो । उहाँले जनताका आधारभूत आवश्यकतालाई जोड दिदै जनप्रतिनिधीहरुले भक्तपुर नगरपालिकालाई यो स्थानसम्म पुर्याउन सक्नुको स्रय नगरवासीको सहयोग र साथ नै रहेको बताउनु भयो । पूर्वडाध्यक्ष कृष्णभक्त लवजुको सभपतित्वमा भएको सो चुनावी सभामा वडाध्यक्षका प्रत्यासी रविन्द्र ज्याख्वले वडाका विकास निर्माणमा विरोधीहरुले भ्रष्टाचारका भ्रम फैलाएर वडावासीले गरेको योगदानको आनादर गरेको प्रति आपति जनाउनु भयो । वहाँले भूकम्प र कोरोनाको कहरमा पनि नेमकिपाका जनप्रतिनिधीहरु श्रोत र सामग्रीको सिमितता र अभावमा पनि दिन रात जनताको सेवामा लागि रहेको कुरा जनतालाई अवगतै भएको बताउनु भयो । निर्वाचनमा नेमकिपाले प्रस्तुत एजेण्डा सहित गीत संगित पनि प्रस्तुत गरेको सो सभमा पूर्व वडाध्यक्ष विष्णु मानन्धर र निरज लवजूले पनि बोल्नु भएको थियो ।