क्षमता भन्दा बढी भार बोक्ने सवारीमाथि थप कडाइ गरिदै ।
सरकारले मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी व्यवस्था सम्बन्धी निर्देशिका २०७४लाई संशोधन गरेको छ । यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै तौल पुल सञ्चालनलाई थप व्यवस्थित गर्न विभिन्न व्यवस्थाहरू गरिएको जनाएको छ ।तौल पुल सञ्चालन गर्दा विभागबाट अनुमति लिनुपर्ने, तौलपुल १२ चक्के सवारीका लागि पनि सहज हुने गरी बनाउनुपर्ने, वजनअनुसार प्रतिसवारी १०० रूपैयाँ मात्रै शुल्क लिन पाइने लगायतका व्यवस्था गरिएको छ ।सवारीहरूले भारवहन क्षमताभन्दा बढी मालसामान बोकेमा हुने जरिवाना र कारवाहीको सीमा पनि बढाइएको छ ।
तोकिएको भन्दा भार बोक्ने सवारीले सामान झारेर पुनः ढुवानीको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।त्यसैगरी सवारी दर्ता प्रमाणपत्रकै वजन सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । सम्बन्धित सवारी कार्यालयले सवारी दर्ता गर्दा कम्पनीले तोकेको कुल वजन उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।अधिकतम् एक्सलको भारअनुसार बढ्न सक्ने कुल वजन पनि उल्लेख गर्नुपर्ने व्यवस्था निर्देशकिाले गरेको छ । दर्ता भइसकेका सवारीको पनि नवीकरण गर्ने क्रममा यस्तो वजन उल्लेख गर्नुपर्ने नियम आएको छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












