अवको ३ महिनाभित्र ख्वप विश्वविद्यालयले मान्यता पाउने ।

अवको ३ महिनाभित्र ख्वप विश्वविद्यालयले मान्यता पाउने ।
फागुन २ गते , भक्तपुर,
एैतिहासिक नगरी भक्तपुरलाई ३ महिना भित्र अध्यादेश ल्याएर भए पनि ख्वप विश्व विद्यालय स्वीकृति दिने प्रतिवद्धता जनाउँदै बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक एवं स्वास्थ्य पूर्वाधारहरुको आज अवलोकन भ्रमण गरेका छन् । समाजवादी अवधारणाबाट स्थानीय तहले देश र जनताको सेवा गर्न सकिने उल्लेख गर्दै मुख्य मन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज ऐशियाकै उत्कृष्ठ कलेजहरु मध्ये रहेको बताउनु भयो । मुख्य मन्त्री पाण्डेलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप विश्व विद्यालय सञ्चालन गर्दै मेडिकल केलेज सञ्चालन गर्ने उदेश्य रहेको बताउँदै ख्वप अस्पताललाई १०० शैया अस्पतालको रुपमा स्वीकृती नहुँदा यस वर्ष नर्सिंगको पढाइ हुन नसकेको बताउनु भयो ।


नगर प्रमुख प्रजापतिको ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री पाण्डेले अवको ३ महिना भित्र ख्वप विश्व विद्यालयले मान्यता पाउने, ख्वप अस्पताललाई १०० शैय्याको अस्पतालको रुपमा स्वीकृति दिने बचनबधता दिएका थिए । बागमति प्रदेशका १३ सरकारी अस्पतालको स्त्तोनतिका लागि एक अव बजेट रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य र शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिवध रहेको बताए । सो अवसरमा मुख्य मन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, मावि, ख्वप अस्पताल, कोभिड आइसोलेशन केन्द्र, छातिं पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ्ग कलेज र कलेज अफ ख्वप इन्जिनियरिङ्गको अबलोलक भ्रमण गर्दै शिक्षक प्रध्यापकहरुलाई देशका लागि चाहिने इन्जिनियरहरु तयार पार्न आग्रह गर्नु भयो । सो अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकाका प्रकाशनहरु मुख्य मन्त्री पाण्डेलाई प्रदान गरेका थिए भने ख्वप कलेजका रुपक जोशी, माविका प्रकाशकुमार श्रेष्ठ, ख्वप अस्पतालका ब्यवस्थापक विश्वदिप प्रजापति, जनस्वास्थ्य केन्द्र प्रमुख डा.रत्नसुन्दर लासिव, कोभिड आइसोलेशन केन्द्रका प्रमुख डा. अमर प्रजापति, ख्वप इन्जिनियरिग कलेज र कलेज अफ इन्जिनियरिगका तर्फबाट प्राचार्य सुजन माकले आआफ्नो कलेजको अध्ययन अध्यापन बारे जानकारी दिएका थिए ।
सो अवलोकन भ्रमणमा प्रदेश सांसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरी सहित जनप्रतिनिधीहरुको सहभागिता थियो ।