आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदै ।

आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदै ।।
आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदै छ । बिहान १० बजे रेलसेवा उद्घाटन गर्ने तयारी गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । उहाँका अनुसार नियमित रूपमा यात्रु बिना नै दैनिक एकपटक कुर्था–जयनगरसम्म रेल ओहोरदोहोर गर्ने छ । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । आजदेखि नियमित रेल सेवा सञ्चालन भएपनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रु राखेर रेल चलाइने महाप्रबन्धक झाको भनाइ छ । भारतको आठ अर्ब ७७ करोड सहयोगमा निर्माण हुने जयननर–बिजलपुर– बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको हो । रेल्वे सेवा नियमित सञ्चालनका लागि रेल ट्रयाक नजिक रहेका हाटबजारहरूसमेत खाली गराइसकेको उहाँको भनाइ छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई वटा रेल नेपाल ल्याइएको हो ।