स्वतन्त्रता

थुनिएका खोलामा
पानी बगिरहन सक्दैन
पानी बग्नुअघि
टपक्क बर्षेर बर्षा
खेतमा सिंचित गर्न कूला
बग्नुछ निरन्तर निरन्तर ।

समयसंगै भेल बगुँ
आँधीवेहरी सहित बर्षा गरुँ

खोलालाई बुझ्न

पानीलाई खोज्न

बर्षनु छ निरन्तर निरन्तर ।

झरमराएका बर्षाहरु
बबलिएका पानीहरु
गजमगाएका बादलहरु
बर्षे पनि
झर्नु छ निरन्तर निरन्तर ।

खोलाले यतित बुझ्नुपर्ने हो
संगै नवगेपछि
जमेको पानी गन्हाउँछ ।

गन्हाएको, जमेको, फोहरीएका
दुर्गन्धित पानीका थोपाहरु
नवगेझै गरी
भेल भएरै भएपनि
खोलालाई बग्नु छ निरन्तर निरन्तर
दुर्गन्धहरुबाट उठ ।
स्वतन्त्रताको सास फेर्नु छ निरन्तर निरन्तर ।

धन्यवाद !