भक्तपुरमा खोपको पहुँच ९७.६ प्रतिशत पुग्यो ,१९०२ सक्रिय संक्रमित बाँकी

भक्तपुरमा खोपको पहुँच ९७.६ प्रतिशत पुग्यो ,१९०२ सक्रिय संक्रमित बाँकी
भक्तपुर, माघ २४गते
भक्तपुर जिल्लामा कोरोना विरुद्धको खोपको पहुँच ९७.६ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । यसरी खोप लगाउनेहरु मध्ये २ लाख ५० हजार २६१ जना १८ वर्ष माथिका छन् । पहिलो डोज लगाउनेहरुमा २ लाख २१ हजार ९७७ छन् भने पूर्ण खोप लिनेको संख्या २ लाख ४४ हजार २ सय ६२ पुगेको छ । मोर्डना खोप भने ३५ हजार ७ सय ४९ले लगाएको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ ।
भक्तपुर जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ४ सय ८६ पुगेको छ । आईतबार थप ५४ जना संक्रमित थपिएकाभएका थिए । कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ३६ हजार २ सय १४ पुगेपछि बाँकी सक्रिय संक्रमितको संख्या भने १ हजार ९ सय २ जना छन् ।