भक्तपुर उद्योग वाणिज्य संघमा खोप कार्यक्रम सञ्चालन

भक्तपुर उद्योग वाणिज्य संघमा खोप कार्यक्रम सञ्चालन
१० माघ २०७८, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघले जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमको आयोजना गरेको छ । हाल देशमा देखा परेको तेश्रो लहरको प्रभावलाई कम गर्न यसले सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।
विगत दुई वर्ष देखि व्याप्त महामारीले तेश्रो लहर लिन लागेको अवस्थामा यस खोप अभियानले केही हद सम्म राहत मिलेको बताउँदै संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले जिल्ला स्वास्थ्य कार्यालयको सहयोगको लागि हार्दिक आभार व्यक्त गर्नु भयो । जिल्लाका उद्यमी व्यवसायीहरुको हितका लागि क्रियाशील रहँदै आएको भक्तपुर उद्योग वाणिज्य संघले कोभिड १९ को महामारीको क्रममा स्वास्थ्य सामग्रीहरु वितरण, अक्सिजन कन्सन्ट्रेटर, खाद्यान्न र अन्य अत्यावश्यकीय सामानहरु सहयोग गर्दै आएको छ ।

भविष्यमा पनि यस्ता सामाजिक गतिविधिहरुमा सक्रियतापूर्वक लागि रहने र जिल्लाका स्थानीय निकायहरुको सहयोग र सहकार्यमा विभिन्न गतिविधिहरु गर्दै जाने बताइएको छ ।