हुलले होइन सही विचारले मात्रै देश अगाडी बढ्छ, उम्मेदबार रमेश बैद्य

हुलले होइन सही विचारले मात्रै देश अगाडी बढ्छ, उम्मेदबार रमेश बैद्य
भक्तपुर, फाल्गुण ७ गते
भक्तपुर निर्वाचन क्षेत्र नं. २का लागि नेमकिपाका उम्मेदबार रमेश बैद्यले सचेत जनताले नेमकिपा र मादललाई मतदान गर्ने जनाएका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले आज प्रतिनिधी सदस्य निर्वाचनमा उम्मेदबारको प्रतिबधता, पत्रकार साक्षात्कार कार्यक्रममा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उहाँले देश र जनताको पक्ष र हितमा देशघाटी सन्धि सम्झौताको विरुद्ध सडकमा आन्दोलन गरेको र सदनमा समेत प्रतिपक्षको भूमिकामा रहेर जनहित विपरितका कार्यहरुको चर्को विरोध गर्दै आएकाले भन्दै सचेत जनताले नेमकिपा र मादलमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेमकिपाले जारी गरेको निर्वाचन घोषणा पत्र अनुसार काम गर्दा जनतालाई शिक्षा, स्वास्थ्य निःशुल्क हुने योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोवस्ती हुने धारणा राखेका छन् । जनताले नेमकिपालाई जिताएको ठाउँमा घोषणा पत्र अनुसार काम गर्दै आएको उल्लेख गर्दै भक्तपुर निर्वाचन क्षेत्र नं. २का मतदाताले पनि आफूलाई जिताएर पठाएको खण्डमा पार्टीको घोषणा पत्र अनुसार नै काम गर्ने प्रतिबधता जनाएका छन् ।


निर्वाचन घोषणा पत्रमा हरेक नागरिकले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर नारा लगाउँदै आएको बताउँदै उहाँले यो देशमा जन्मेका हरेक नागरिकले शिक्षा र स्वास्थ्य लाभको सुविधा पाउनुपर्छ, बाँच्ने अधिकार हुुनुपर्छ भनेका छन् ।
स्वदेशमै रोजगारीको व्यवस्था हुुनुपर्नेमा जोड दिदै उहाँल रेमिटेन्सले देश धाने अवस्था छ भन्दै उहाँले जनतामा सांस्कृतिक स्तर उकासेर तथा व्यक्तिगत स्वार्थ भन्दा देशको हितकामा लाग्ने आदर्श समाज निर्माणकालागि आफ्नो उम्मेदवारी रहेको जनाएका छन्।

https://www.youtube.com/watch?v=ySfHj35RNio


भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कार्वाही नगरेसम्म देश उभो नलाग्ने भएकाले भ्रष्टाचारीहरुको सम्पति राष्ट्रिय करण गर्नुपर्छ भन्दै उहाँले तिनै पैसाबाट जनताका छोरा छोरीलाई निःशुल्क पढाउन तथा विरामी जनतालाई स्वास्थ्य सेवा दिन सकिने धारणा राखेका छन् ।
ख्वप विश्वविद्यालय स्थापनाकालागि नेमकिपाले २० औं वर्ष देखि आवाज उठाइरहँदा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट जितेका सांसदहरुले कुरा उठाए पनि आफ्नै दलको सरकार हुदा पनि स्वीकृति नदिएको चर्चा गर्दै उहाँले हुलले होइन सही विचारले मात्रै देश अगाडी लान सक्नेछ भनेका छन् ।
कृषि विशेषज्ञ रमेश बैद्य भक्तपुर निर्वाचन क्षेत्र न. २का उम्मेदवार एवं नेमकिपा मध्यपुरका अध्यक्ष पनि हुन ।