आज थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण ।

आज थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण ।
गत २४ घण्टामा नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८ सय १५ तथा ४ हजार ४ सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय ८८ जना गरी १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ६ हजार ५ सय ९१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या११ हजार ६ सय ३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना सङ्क्रमणमुक्त भएका छन् ।