एक वर्षमा साढे ५ लाख पर्यटक नेपाल भित्रिए ।

एक वर्षमा साढे ५ लाख पर्यटक नेपाल भित्रिए ।।

गत वर्षको पुसदेखि अहिलेसम्म साढे ५ लाख पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको तुलनामा ५८ प्रतिशतले बढि हो । संस्कृति, पर्यटन तथा नागरिक उङ्ययन मन्त्रालयको तथ्याङ्क अनुसार २०२१ जनवरी यता ५ लाख ४७ हजार ९ सय ५६ जना पर्यटक नेपाल भित्रिएका हुन् । ५ लाख ४५ हजार ३ सय ७० जना पर्यटक हवाई मार्गबाट नेपाल प्रबेश गरेका छन् भने स्थलमार्गबाट जम्मा २ हजार ५ सय ५६ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् । जसमा ४ लाख भन्दा बढि सङ्ख्या पुरुष पर्यटकको रहेको छ । कोरोना सङ्क्रमणपछि बन्द रहेको पर्यटकीय क्षेत्र निषेधाज्ञा हटाएपछि नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको मन्त्रालयका प्रवक्ता डाक्टर टोकराज पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो । विशेष गरि भारत, बङ्गलादेश, चीन, अष्ट्रेलिया र फ्रान्सका नागरिकहरु नेपाल घुम्न आएका छन् । गत वर्ष भने कोभिडका कारण जम्मा २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिएका थिए ।