कोरोना सङ्क्रमित भएका मध्य २८३ जना निको भए ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
Featured Posts – Style 1
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...














