धमाधम बन्दै टेलिकमका टावर निर्माण
जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ । जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने छ ।” यहाँका विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन समस्या हुँदै आएको थियो ।
Featured Posts – Style 1
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
2024-10-30 Comments Off on भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्नभक्तपुर । २०८१ कार्तिक १४, बुधबारभक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर...
विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।
2024-10-29 Comments Off on विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।
विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।१३ कार्तिक २०८१खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई...
भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत
2024-10-29 Comments Off on भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत
भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागतभक्तपुर । २०८१ कार्तिक १३, मंगलबारभक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला...
शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
2024-10-29 Comments Off on शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान १३ कार्तिक २०८१खरिपाटी, भक्तपुर २०८१ सालको शुभ दिवपाली, नेपाल संवत्...
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
2024-10-29 Comments Off on एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिनेनेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर...