बडादसैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै ।
नेपालीहरूको महान चाड बडादसैँको चौथो दिन आज दुर्गा भवानीका ९ रुपमध्ये चौथो रुप कुष्माण्डा भगवतीको पूजा आरधना गरिँदैछ । महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा आज पूजा गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा लिइन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












