भक्तपुर, जेष्ठ १ गते
भक्तपुरको कोरना संक्रमको खतरालाई नक्सांकन गरिएको छ । संक्रमित २ जनाको यात्रा विवरण संकलन गर्दै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत क्वोरन्टाइनमा राख्ने र परीक्षण गर्ने गरी संक्रमितको यात्रा विवरण संकलन थालेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । संक्रमितहरु हाल अस्पतालमा रहेकाले थप अनुसन्धान हुन नसके पनि संक्रमितहरुको सम्पर्कमा आएहरुसँगको अनुसन्धानको आधारमा सयौ जनालाई क्वारेन्टाइनमा राख्ने काम भएको प्रहरी उपरिक्षक सविन प्रधानले बताउनु भयो । एकपछि अर्को अनुसन्धान गर्दै सुनसरीबाट बैशाख २६ गते भक्तपुर आउँदा देखि २५ वर्षिय नर्सको सम्पर्कमा आएका उनको परिवार, मोटरसाइलक चालक, खाजा पसल र शंखघर चोकमा उनी बसेको घरलाई समेत सिल गरी सुरक्षा सर्तकता अपनाएको उहाँले बताउनु भायो । यद्यपी उनले काम गर्ने भनिएको शहीद धर्मभक्त अंग प्रत्यारोपन केन्द्रलाई भने सिल गरिएको छैन । भक्तपुर आइ पुगेपछि संक्रमित नर्स सो केन्द्रमा नपुगेको बरु ललितपुरका आरोग्य फाउन्डेशन र निदान अस्पतालको सम्र्पकमा पुगेको देखिएकाले सो अस्पतालमा सिल गरेको थियो । आरोग्यकै एम्बुलेन्स प्रयोग गरी बैशाख ३० गते संक्रमित नर्सको टेकुस्थित सरुवा अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । उनमा संक्रमण देखिएपछि सँगै रेहका उनका साथीलाई भक्तपुर अस्पतालको आइशोलशनमा राखिएको अस्पतालका प्रमुख डाक्टर सुत्रिता गौतमले बताउनु भयो । दुवाकोटमा बस्ने २७ वर्षीय पुरुष सशस्त्र प्रहरी भएको खुल्ले पनि उनको यात्रा विवरण भने अझै पूर्णरुपमा आउन नसकेको भन्दै प्रहरी उपरिक्षक प्रधानले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु आफैले पनि दुवाकोटमा एक जनामा कोरना भाइरस संक्रमण भएको सुनेपछि कतै आफूले भेटेको व्यक्ति संक्रमित भएको त होइन? भनि सोचेर यदि उनको सम्पर्कमा पुगेको रहेछ भने जिल्ला प्रशासन, प्रहरी वा स्थानीय नगरपालिका तथा अस्पतालमा सम्पर्क राख्न अनुरोध गर्नु भयो । उनीहरु बसेको घरलाई सिल गरी थप अनुसन्धान गरीरहेको भए पनि संक्रमितहरु अस्पतालमै रहेकाले तिनीहरुको सम्पर्कमा आएकाहरु बारे थप विवरण खुलाउन अझै बांकी हुन सक्ने एसपी प्रधानले जनाउनु भयो ।
लक डाउन खुकुलो बन्दै जान्दा देखिएको संक्रमणले काठमाण्डौ उपत्यकामै जोखिम बढाएको छ । उपत्यकाका कुनै ठाउँमा संक्रमण देखिए पनि तुरुन्तै उपत्यकाभर फैलिन सक्ने खतरालाई ध्यान दिएर भक्तपुर जिल्ला विपद व्यवस्थापन समितिले लक डाउनलाई कडाई गर्ने निर्णय गरिसेको छ भने जिल्लाका नगरपालिकाहरुले पनि आआफ्नो क्षेत्रमा थप सर्तकता अपनाउने निर्णय र सर्वाजनिक अनुरोध गर्र्दै आएको छ । अत्यावश्यक सेवाका पसल बाहेक, अन्य पसल, उद्योग कल कारखानाहरु बन्द राख्ने, डेरामा बस्नेहरुको विवरण राख्ने र तिनीहरुको अवस्थामा बारे जानकारी राख्ने तथा कोठामा फर्कि आएमा वडामा सम्पर्कमा राख्न अनुरोध गरेको छ । लुकी छिपी, चोरबाटो भएर होस अथवा पास लिएर आएकाहरुबाट नै काठमाण्डौ उपत्यकामा कोरना भाइरस भित्रिएकाले उपत्यकाका सबै नाकामा कडाइ गर्ने सहित संकट व्यवस्थापनका विषयमा छलफल गर्न उपत्यकाका संकट व्यवस्थापन सेन्टरको बुधबार भक्तपुरमा बैठक बसेको थियो । यस अघिको बैठकहरुले उपत्यकामा जोखिम व्यवस्थापन र रोकथामका लागि अनुभव, सूचना, विवरण आदानप्रदान, सेवामा एकरुपता कायम गर्दै पूर्वतयारीमा रहने निर्णय गरिसकेको थियो । बुधबार बसेको उपत्यकाको सिएमसीको बैठकले संक्रमितहरुको कन्ट्याक्ट ट्ेसिगं गर्ने कार्यमा जोड दिन्दै उपत्यकामा बढेको जोखिम प्रतिकार्यका लागि नाकाहरुमा चेक जाँच कडाई गर्ने निर्णय गरेको थियो । अतिआवश्क बाहेक उपत्यकाबाहिरबाट भित्र्न नदिने, उपत्यकामा जोखिम व्यवस्थापनका लागि १० हजारको स्वास्थ्य परीक्षण गर्न आवश्यक भएको पनि सो बैठकले जोड दिएको बैठकमा सहभागि रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जनाउनु भएको छ ।













