भक्तपुर नगर प्रमुख प्रजापतिद्वारा आधुनिक कृषि सहकारीको १२ औं साधारणसभा उद्घाटन ।
२०७८ असोज २० गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ बाराहीस्थानमा अवस्थित आधुनिक कृषि सहकारी संस्था लि. को १२ औं साधारणसभाको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले कृषकलाई प्रोत्साहित गर्न उपलब्ध गराइँदै आएका अनुदान धनाढ्य र ठेकेदारहरुको हातमा परेको तथा व्यापक दुरुपयोग भइरहेको बताउनुहुँदै कृषि अनुदानका कार्यक्रमहरुमा पारदर्शिता र जवाफदेहिता हुुपर्ने बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको विकासले देशको समृद्धिमा टेवा पु¥याउने बताउनुहुँदै भक्तपुर नगरपालिकाले किसानहरुको उत्पादन संरक्षण गर्न चिस्यान केन्द्र सञ्चालन गर्न आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो ।
नेपालमा रसायनिक मल कारखाना स्थापना र सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले किसानहरुले सिँचाइको उपलब्धता समेत प्राप्त गर्न नसक्दा ठूलो क्षति व्यहोरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले कृषकहरुलाई कृषि चुन, उन्नत जातको बिऊ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको उहाँले अवगत गराउनुभयो ।
कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष दयाराम मचामसीले नेपालमा कृषि उपजको आयातको परिणाम डरलाग्दो स्थितिमा रहेको बताउनुहुँदै आधुनिक कृषि सहकारी संघले कृषकहरुलाई चाहिने मल, बीऊ विजन तथा तालिम दिँदै किसानहरुको उत्पादनहरुलाई बजारीकरणमा जोड दिँदै आएको बताउनुभयो ।
जिल्ला कृषि सहकारी संघका कुलबहादुर न्हेम्हाफुकी भक्तपुरमा कृषि म्युजियमको खाँचो रहेको बताउनुहुँदै तरकारी बजार स्थापनाले किसानहरुको उत्पादन संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सूर्यविनायकका शाखा प्रमुख दिनेश गेलाल, संघका सञ्चालक हरिराम त्वानाबासु र उपाध्यक्ष सनिस लागेजुले पनि शुभकामना मन्तव्यका साथै कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा गर्नुपर्ने कार्यहरुबारे आआफ्नो धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले संघमा उत्कृष्ट र पाँच वर्ष कार्यरत कर्मचारीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले आधुनिक कृषि सहकारीले सञ्चालन गरेको कृषिउपज तरकारी बजारको अवलोकन गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...













