तेस्रो भक्तपुर कपमा मंगलबार देखि क्वारटर फाइनल हुने
भक्तपुर, फाल्गुण २१ गते
तेस्रो भक्तपुर कप २०८० अन्तर्गत प्रि क्वाटर फाइनलका खेलहरु आज सम्पन्न भएसँगै भोलि देखि क्वारट फाइनलका खेलहरु हुने भएको छ । भक्तपुर युवा टिमले आयोजना गरेको तेस्रो भक्तपुर कप महेश्वरी खेल मैदानमा भइरहेको हो । सो प्रतियोगिताको ७ र ८ औं खेल सम्पन्न गर्दै भोलि देखि क्वारट फाइनलका खेलहरु तय भएका हुन । आज खेलको चौथौं दिन ७ औं खेलमा श्री इन्द बक्स गण विरुद्ध बदला एफसीले २ गोल गरी क्वारट फाइनलमा प्रवेश गरेको छ । सो खेलमा बदला एफसीका जर्सि नं। १२का क्रिस सापकोटा म्यान अफ द म्याच भएका थिए भने उद्यमान खेलाडीमा जर्सी नं। ९का सैलेश महतरा घोषित भइ पुरस्कृत भएका थिए ।


यसै बीच आजै भएको अर्को खेलमा वी आर ब्रर्दस र चाँगुनारायण नगरपालिका बीच २ । २ गोलको बराबरीमा खेल सकिन्दा पेनाल्टि सुट भएको थियो । पेनाल्टि सुटमा थप ४। २ गोल अन्तरबाट वी आर ब्रर्दसले खेल जितेको थियो । सो खेलमा व ीआर ब्रर्दसका रोमन काडङवा उत्कृष्ठ खेलाडी घोषित भएका थिए भने उद्यमान खेलाडीको रुपमा चाँगुनारायण नगरपालिकाका प्रणय बासुकला घोषित भएका थिए ।
मंगलबारबाट सुरु हुने क्वाटर फाइनलमा आयोजक भक्तपुर युवा टिम र पाण्डु बजार एफसी बीच दिउँसो १ बजे खेल हुने छ भने दिउँसो ३ बजेको खेलमा झौखेल युनाईटेड र बुङा युवा क्लब बीच हुने आयोजक समितिले जनाएको छ ।














