सल्लाघारीमा खाद्य पसल अनुगमन
भक्तपुर, २१ भाद्र । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा रहेको खाद्य पसलहरु अनुगमन गरियो । अनुगमनमा आधा टिप म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरेको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा सुधिनी खाद्य स्टोर म्याद नाघेको सामानहरु हेल्थी डाइट १२ पाकेट, ग्रिन टि ११ पाकेट, भेडिकको सन्स् क्रिम ३ वटा, ग्रिन टि साबुन ४ पाकेट, डाइवेटिज र स्लिम टि १५ पाकेट, ग्रिन निम साबुन ७ वटा, सन्स्क्रिम २ वटा, नेच्युरल मह ५ बट्टा, ओलिभ आलुभेरा ३ वटा, मम्स् म्याजिक विस्कुट ९ पाकेट, निभा ध्यू २५ वट्टा, दुधवाला चकलेट १ पाकेट, सस् १४ वटा, मखन ३९ पकेट, चोको चकलेट पाकेट, लोस्टोम भेनेगर १६ वटा, ड्राइफ्रुटस् १२ वटा, पेस्टा १ पाकेट, विस्कुट ६ पाकेट, चाकु ५० वटा जफत गरी नष्ट गरियो भने १ थान तराजु जफत गरि तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो भने पसल नविकरण नगरेको, मुल्य सुचि नराखेको, तराजु नापतौल विभागमा नविकरण नगरेको पाइएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै सल्लाघारी मिनि मार्टमा म्याद नाघेको सामानहरु डार्क फान्टासि ठूलो ५ पाकेट र सानो ९ पाकेट, हेल्थी डाइट ५ पाकेट, सेन्ट्री लाम्ब्डा ५ पाकेट, नवरत्न दालमोठ ३ पाकेट, टोकला चिया सय ग्रामको ८ पाकेट, पिनट बटर १ वटा, ड्यू ३ वटा, लिचि जुस ४ पाकेट जफत गरी नष्ट गरियो भने पसल नविकरण गर्न, मुल्यसूचि राख्न र तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै प्रकांसु क्याफे एण्ड रेष्टुरेन्ट दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो ।
त्यस्तै च्व·ा गणेश खाद्य स्टोर तीन दिन भित्र नविकरण गर्न, लेबल नभएको बोडी २ बोरा र कुहेको पेस्टा लेवल नभएकोले लेबल भएको सामान मात्रै बेच विखन गर्न निर्देशन दियो भने तराजु नापतौल विभागमा नविकरण गर्न, म्याद नाघेको गरम मसल, पाउडर दुध, विस्कुट लगायत जफत गरि नष्ट गरियो भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै दि ज्वाला इम्पेक्समा दर्ता नविकरण गर्न, गोदाममा रहेको खाद्य सामाग्री मुसाले खाएर किरा लागेको समेत भेटिएकोले व्यवस्थित गर्न, म्याद नाघेको सामानहरु पनि भेटिएकोले म्याद नाघेको र विग्रेको सामान छुट्टाछुट्टै कोठामा राख्न, पसलमा छरपस्ट रहेको सामानहरु व्यवस्थित गरी राख्न निर्देशन दियो ।
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रोशन मैया सुवाल, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बरिष्ठ सहायक निरिक्षक नारायण चुवान, प्रहरी हवल्दार सपना कार्की र सिता राई, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवा“को सहभागी थियो ।













