इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ
२०७८ असोज १५ गते, शुक्रबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७÷७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पु¥याएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले अनुशासन र इमानदारिता नै भक्तपुर नपाबाट सञ्चालित कलेजमा पढेका विद्यार्थीहरुको पहिचान भएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउनुहुँदै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्छ भन्नुहुँदै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो आंैल्याउनुभयो ।
स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको बताउहुँदै उहाँले देशका मुख्य मुख्य पदमा बसेका व्यक्तिहरुको सोचमा परिवर्तन नआएसम्म समाज रुपान्तरण हुन गा¥हो हुने बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरु सेवामुखी भएको बताउनुहुँदै उहाँले समाजको निम्ति चिन्तन गर्ने जनशक्ति पूर्ति गर्न यी कलेजहरुको स्थापना भएको बताउनुभयो ।
कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक र अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्नुहुँदै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा एम.ई. इन अर्थक्वेक विषयका विभागीय प्रमुख मन्जिप शाक्य र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन लिवास फैंले विषयत जानकारी दिनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













