इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ
२०७८ असोज १५ गते, शुक्रबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७÷७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पु¥याएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले अनुशासन र इमानदारिता नै भक्तपुर नपाबाट सञ्चालित कलेजमा पढेका विद्यार्थीहरुको पहिचान भएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउनुहुँदै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्छ भन्नुहुँदै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो आंैल्याउनुभयो ।
स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको बताउहुँदै उहाँले देशका मुख्य मुख्य पदमा बसेका व्यक्तिहरुको सोचमा परिवर्तन नआएसम्म समाज रुपान्तरण हुन गा¥हो हुने बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरु सेवामुखी भएको बताउनुहुँदै उहाँले समाजको निम्ति चिन्तन गर्ने जनशक्ति पूर्ति गर्न यी कलेजहरुको स्थापना भएको बताउनुभयो ।
कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक र अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्नुहुँदै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा एम.ई. इन अर्थक्वेक विषयका विभागीय प्रमुख मन्जिप शाक्य र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन लिवास फैंले विषयत जानकारी दिनुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














