प्रतिपक्षिको नाराबाजीकाबीच चालू आर्थिक वर्षको बजेट संसदबाट पारित ।

प्रतिपक्षिको नाराबाजीकाबीच चालू आर्थिक वर्षको बजेट संसदबाट पारित ।
काठमाण्डौ, असोज ४ गते
प्रतिनिधिसभाले चालू आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपनि बजेट पारित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ ।

अध्यादेशको समय गएराति सकिएपछि खर्च गर्न बन्देज लागेको थियो ।सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताउनुभयो ।अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए ।अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । सरकारले कोभिड १९ खोप खरिदको स्रोतको अभाव नहुने जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट अध्यादेश ल्याएका थिउनुभो ।