राष्ट्रिय जनगणना २०७८का लागि सूचीकरण जारी, सही ताथ्या दिन आग्रह
भक्तपुर, भाद्र ४ गते
राष्ट्रिय जनगणना २०७८ सफल बनाउन अहिले घर आगँनमा पुगेर सूचीकरण कार्य गरिरहेको छ । देशभर ८ हजार ५ सय गणकहरुलाई ४० हजार गणना क्षेत्रमा परिचालन गरी नेपाल सरकारको तथ्यांङ्क विभागले राष्ट्रिय जनगणना २०७८को अन्तिम तयारी गरी रहेको भक्तपुर जिल्ला राष्ट्रिय जनगणना २०७८का कार्यालय प्रमुख पृथ्वी विजयराज सिजापतिले जनाएको छ ।
सही तथ्यांक संकलनले मात्रै देशको समूनत विकास हुन सक्ने भन्दै जो जहाँ रहेका छन् सोही ठाउँबाट जनगणना गर्ने गरी अहिले सूचीकरण कार्य भइरहेको उहाँले जनाए । सूचीकरणका लागि गणकले मागेका तथ्याङ्कहरु सहीरुपमा उपलब्ध गराउन उहाँले जिल्लाबासीलाई आग्रह गरेका छन् । यसरी संकलन गरीएका तथ्यांङ्कहरु गोप्य राखिने उल्लेख गर्दै सही दाता संकलनका लागि भक्तपुर जिल्लामा ४ सय ८५ गणना क्षेत्र निधारण गरी ११२ जना गणकहरु स्थलगतरुपमा परिचालन गरेको उहाँले बताए ।
प्रत्येक १०।१० वर्षमा गर्दै आएको राष्ट्रिय जनगणना २०७८ कोरोना संक्रमणका कारण प्रभावित भएकाले गते भाद्र ३० गते देखि असोज १८ गतेसम्म सूचीकरण गरि सक्ने गरी धमाधम तालिम परामर्शसँगै गणकहरु घरदैलोमा पुगेर जनगणनाको सूची तयार पारिरहेको छ । हरेक गणकले तोकिएको गणना क्षेत्रबाट १५ दिन भित्र सूची तयारी पार्ने गरी गणकहरु परिचालन भएको उहाँले जनाए । सूचीकरणका लागि घरदैलो पुग्दा करको दायरामा लग्ने होकी? ऋण वा बैंकिङ कारोबार बारे जानकारी दिए ऋण तिर्न समस्या हुने होकी? वा व्यक्तिगत गोपनियता भंग हुने हो की भन्ने जिज्ञासाहरु समुदायबाट आइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख सिजापतिले ति सबै तथ्यांगहरु राष्ट्रिय जनगणनाको प्रयोजनका लागि मात्रै प्रयोग हुने भएकाले निर्धक भएर सही सूचना दिन आग्रह गरे ।
अहिले घर दैलोमा आएका गणकहरुले सूचीकरण मात्रै गरिने र कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म बास्तिविक जनगणना गरिने कार्यालय प्रमुख सिजापतिले जानकारी दिए । “यसपालिको मेरो गणना, मेरो सहभागिता” नाराका साथ जनगणनाको तयारी भइरहेको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














