भक्तपुरमा मनाईयो, विश्व हुलाक दिवस

भक्तपुरमा मनाईयो, विश्व हुलाक दिवस
भक्तपुर, असोज १८ गते
जिल्ला हुलाक कार्यालय भक्तपुरले विश्व हुलाक दिवसको अवसरमा आज पत्रकार अन्तरक्रिया आयोजना गरेको छ । हुलाक सेवा प्रवर्धनकालागि स्थानीय पत्रकारसँग अन्तरक्रिया गर्दै जिल्ला हुलाक कार्यालय भक्तपुरका प्रमुख सिता लिम्बुले समय सापेक्ष हुलाक सेवालाई प्रभावकारी बनाउन पत्रकारहरुसँग परामर्श लिएका थिए भने कार्यक्रमका प्रमुख अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हुलाक सेवा अहिले पनि उपयोगि र प्रभावकारी सेवाको रुपमा रहेको चर्चा गर्दै यसलाई देश विदेशमा रहेका समुदायकोलागि उपयोगि र विश्वसनीय हुने किसिमले सेवा चुस्त बनाउनुपर्ने चुनौति रहेको बताउनु भयो ।


हालै गएको बढी पहिरो पीडितहरुको लागि राहत वितरणका कार्य भइरहेको भन्दै उहाँले प्रतिक मृतकलाई रु. तीन लाख राहत वितरण गरेको र अन्य पीडितहरुलाई आवश्यक राहत वितरण भएको भन्दै बाढी पहिरोबाट घाईटेहरुको निःशुल्क उपचार भइरहेको समेत बताएको छ । गत असोज ११,१२ र १३ गतेको वर्षा र पहिरोले भक्तपुरमा ५ जनाको मृत्यु र ३ जना घाईते भएको उहाँले बताउनु भयो । यसै बीच बाढी पहिरोबाट आएका असंख्य गुनासोहरुको सकुजेल नछुटाइकन सुनुवाई गरेको भन्दै प्रजिअ श्रेष्ठले कही कतै छुटेको भए नजिकैको स्थानीय तह वा प्रहरी समक्ष जानकारी दिन आग्रह गर्नु भयो । बाढी पहिरो बारे जानकारी दिन र लिन असंख्य फोन आउँदा काममा लाग्ने कि फोनमा कुरा गर्ने समस्यामा परेको स्मरण गर्दै त्यस्तो अवस्थाकालागि आपतकालिन विपद् व्यवस्थापन शाखा स्थापनाको तयारी भएको समते जनाउँदै आउँदै गरेको दशै,तिहार र छठ पर्वकालागि पनि आवश्यक सुरक्षा व्यवस्था भएको उल्लेख गर्नु भयो ।
हरेक वर्ष अक्टोबर ९ तारिकका दिन मनाइने विश्व हुलाक दिवसको अवसरमा कार्यालय प्रमुख लिम्बुले नेपालमा हुलाकको विकास, समस्या र चुनौतिका साथै कर्मचारीहरु दरबन्दिको नीतिगत व्यवस्थाहरु एवं हुलाकको संगठानिक व्यवस्थाहरु बारे जानकारी दिएका थिए । सहभागि पत्रकारहरुले समय अनुकूल डिजिटल प्रविधिबाटपनि हुलाक सेवा हुनु पर्ने, हुलाक सेवा लिदा सामानहरुको ग्यारेन्टी हुनु पर्ने वा विश्वसनीयता बढाउनुपर्ने, हुलाकबाट आफ्नो सामान धुवानी गर्दा कहाँ पुग्यो, कहिले पुग्छ भन्ने विषयमा जानकारी अपडेट हुने व्यवस्था हुनुपर्ने तथा हुलाकबाट लागु पदार्थ समेतको कारोबार हुने जस्ता विषयहरुमा अरन्तरक्रिया भएको थियो । असोज २३ गते दशै विदा परेकाले आज विश्व हुलाक दिवस मनाएको कार्यालय प्रमुख लिम्बुले बताए ।