नगर प्रमुख प्रजापतिसँग निकल्सन माविका विद्यार्थीहरूको साक्षात्कार कार्यक्रम
२०७७ चैत्र १९ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित निकल्सन माविका विद्यार्थीहरूको साक्षात्कार कार्यक्रम बुधबार सम्पन्न भयो ।
निकल्सन मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, विकास निर्माणका गतिविधि तथा कार्यक्रमहरूबारे परिचित गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा नगर प्रमुख प्रजापति र विद्यार्थीहरूबीच भक्तपुर नगरपालिकाले गरिरहेका विविध गतिविधि तथा कार्यक्रमहरूबारे अन्तरक्रिया भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको काम, कर्तव्यबारे विद्यार्थीहरूलाई अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाले कानुनी अधिकारभित्र रही आफ्नो कार्य सम्पादन गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नपाले छिमेकी नगरपालिकाहरूसँग पनि आवश्यक समन्वय र देशका विभिन्न स्थानीय तहहरूसँग पनि अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले ‘एक घर एक स्नातक‘ अभियानबाट भक्तपुरमा शैक्षिक परिवर्तन आएको बताउनुभयो । उहाँले भक्तपुरलाई नमुना स्थानीय तहको रुपमा परिचित गर्न नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
योग्य र सक्षम व्यक्तिलाई कहिल्यै पनि रोजगारीको समस्या नहुने औंल्याउनुहुँदै उहाँले विद्यार्थीहरूमा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभयो । साथै शिक्षा र स्वास्थ्यको समस्या समाधान भए जनताको आधा समस्या समाधान हुने बताउनुहुँदै देश सञ्चालनको लागि सबै खालका जनशक्तिहरूको उत्तिकै महत्व हुने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरू भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माण, खेलकुद, कृषिलगायतका क्षेत्रमा भए–गरेका कार्यहरूबारे आ–आफ्नो जिज्ञासा नगर प्रमुख समक्ष राखेका थिए । कार्यक्रमको सञ्चालन भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














