ट्रान्सपरेन्सीको समन्वयमा पारदर्शी निर्माण कार्य सम्पन्न

ट्रान्सपरेन्सीको समन्वयमा पारदर्शी निर्माण कार्य सम्पन्न

पुरञ्जनी दुवाल
भक्तपुर, पुस १९ गते
२०७२ सालको विनाशकारी भूकम्पपछि रहु गाउँ गुठीतार खानेपानी आयोजना सम्पन्न गर्दा स्थानीय १५० घर परिवार लाभावित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ स्थित छालिङमा खानेपानीको काकाकुल अवस्थालाई ध्यान दिएर उपभोक्ता समितिमार्फत रहु गाउँ गुठीतार खानेपानी आयोजना सञ्चालनमा ल्याएको हो । सो आयोजनाबाट स्थानीय ६२० जना लाभांवित भएको समितिका कोषाध्यक्ष हरिभक्त फोजुले जनाएका छन् ।

भूकम्प गएको ५ वर्ष पछि गत बैशाख महिनाबाट सुरु भएको सो खानेपानी आयोजना गत असार मसान्तमा सम्पन्न गर्दा ७ लाख २६ हजार खर्च भएको थियो । लागत इष्टिमेट १० लाख भन्दा बढी भए पनि स्थानीय समुदायको सहयोग एवं श्रमदानले कम खर्चमा निर्धारित समयमै सम्पन्न हुन सकेको उहाँले बताए । छालिङमा खानेपानीका ३ वटा योजना बनि सकेका छन् । यदपी छालिङवासीहरुलाई पर्याप्त पानी पुगेको छैन, स्थानीय शिक्षक सूर्यवहादुर फोजू बताउँछन् । त्रिसुल डांडाबाट ल्याएका ती खानेपानी योजनाहरु पम्प गरेर मात्रै समुदायका घर घरमा पुर्याउन सकिने भएकाले खर्चालु समेत भएको शिक्षक फोजू बताउँछन् । भूकम्पपछि समुदायको पुनर्निर्माणका गतिविधिहरुसँगै खानेपानी योजनाहरु पनि बनाउन पाउँदा भने स्थानीय समुदाय लाभांवित भएको उहाँको भनाई छ । पर्याप्त बजेटको अभाव भए पनि न्यून बजेटबाट पनि राम्रो कार्य गरेकाले पटक पटक थप खानेपानीका योजनाहरु कार्यान्वयनमा आएको उनले बताएका छन् ।

बढ्दो जनसंख्या वृद्धिसँगै भूकम्प प्रभावित छालिङवासीहरुमा खानेपानीको समस्या चुलिएपछि प्रभावित स्थानीय समुदाय आफै जुतेर निःशुल्क रुपमा श्रमदान गरेका थिए । खानेपानी आयोजना निमार्णकार्य पूरा भएपछि उपभोक्ता समितिको उदेश्य र स्थानीय जनताको आवश्यकता परिपूर्ति भएको छ । सो परियोजनाको भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचारको लागि क्रियाशिल रहेको टन्सपरेन्सी इन्टरनेशनल नेपालको टोलीले अवलोकन गरेका थिए । सामुहिक हितको लागि क्रियाशिल स्थानीय समुदायको खानेपानी योजनालाई जवाफदेहिता, जिम्मेवारीता र पारदर्सिताको लागि टिआई नेपालले योजनाको जानकारी सर्वसाधारणलाई दिन सार्वजनिक सूचना पार्टीमा उल्लेख गर्नुपर्ने, निर्धारित समयमै तोकिएको मापदण्ड अनुसार बनाउनुपर्ने, गुणस्तरीय निर्माण सामग्रीहरु मात्र प्रयोग गर्नुपर्ने, बील विजकहरु दुरुस्त राख्नुपर्ने लगायतका सल्लाह सुझाव दिएपछि स्थानीय समुदायको जनश्रमदान र सहयोग तथा सदभाव वृद्धि भएको स्थानीयको भनाई रहेको छ । सार्वजनीक महत्वका साना होसया ठूला हरेक योजनाहरुको विस्तृत जानकारी सर्व साधारण समुदायमा हुनुपर्ने कुरालाई टिआई नेपालको परामर्शलाई उपभोक्ता समितिले मनन गर्दै सो खानेपानी योजना बारे विस्तृत जानकारी हुने होल्डिङ बोर्ड राखेको थियो । सो बोर्ड राखेपछि खानेपानी योजना बारे जानकारी, खर्च एवं सहयोगका विवरणहरु पनि सहजरुपले हेर्न पाएपछि स्थानीय समुदायमा आफ्नो लागि बन्न लागेको खानेपानी योजनाप्रति आत्मियता बढाएको थियो । भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार, जिम्मेवारीता र जवाफदेहिता मात्र होइन यसका योजनाहरु बारे लक्षित सर्व साधारण जनतामा जानकारी भएपछि योजनाप्रति अपनत्व पनि ग्रहण हुने गरी उपभोक्ता समितिले काम गरेको सो योजनाबाट पुष्टि भएको छ। 
यद्यपी सो योजना कार्यान्वयन गर्न निर्माण सामाग्रीको अभाव हुँदा योजना निर्धारित समयमै सम्पन्न गर्न गाह्रो भएको आयोजकहरुको ठम्याइ छ । चैत्र महिना देखि संसारभर फैलिएको कोरोना भाइरसको कहरका कारण निशेधाज्ञा र लक डाउनको समस्याले अधिकास विकासे योजना परियोजनाहरु प्रभावित भए जस्तै स्थानीय स्तरमा नपाइने निर्माण सामग्रीको अभाव झेल्दै रहु गाउँ गुठीतार खानेपानी योजनाले भने स्थानीयको सहभागितामा निर्धारित समयमै सम्पन्न गरेका थिए ।
खानेपानी योजना पूरा भए पनि स्थानीय समुदायको घर घरमा धारा पुगेको छैन स्थानीय जीवन लागेले गुनासो गर्नु भयो । कमसेकम टोलमा एउटा धारा पुर्याउन सकेको छ । पर्याप्त पानी पनि वितरण हुन नसके पनि खानेपानीको लागि पहिला जस्तै टाढासम्म पुग्न नपर्ने भएकाले टोलबासीहरु सुखी छन् । प्रतिधारा महिनाको एकसय पचास रुपियाँ तिरेर भए पनि खानेपानीको सहज व्यवस्थापनमा ती खानेपानीय आयोजनाले सहज बनाएको स्थानीय र्निमला गैडाले जनाए । खानेपानीको जोह गर्ने समय बचत भएसँगै टोलबासीहरु घरायसी काम गर्न, बालबच्चालाई लेखपढ् गराउन, गाईवस्तु हेरचाह गर्न फुर्सत मिलेको छ उनले भनिन् ।
भूकम्पपछिका पुनर्निमाणमा लाभग्राही समुदाय व्यस्त रहिँरहँदा छालिङका समुदायले भने समुदायको लागि खाँचो रहेको खानेपानी आयोजना जनसमुदायको सहभागितामा निर्माण गरेको हो । यस योजनामा २०० जना समुदायले निस्वार्थ रुपमा श्रमदान गरेका थिए । सो खानेपानी आयोजना बन्नु भन्दा पहिला पानीको जोह गर्न रातिराति घरबाट टाढा पुगेर पानी लिन जानु पर्ने बाध्यता थियो भने अहिले घरआँगणमै खानेपानीको धारा राखेकाले जनजीवन सहज भएको छ । दिनको २÷४ घण्टा पानी आउने गरेपछि खानेपानीको समस्या कम भएको स्थानीयले बताएको छ । सो कार्य योजना पूरा गर्न भने उपभोक्ता समितिलाई निर्माण सामानहरु किन्न कठिनाइ भएको गुनासो छ ।

यद्यपी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अवलोकन र सुझावले योजना कार्यान्वयन गर्न सहज भएको उपभोक्ता समितिको भनाई छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अवलोकनको क्रममा देखिएका कमी कमजोरीहरुलाई पत्र मार्फत सुधार गर्नका लागि ध्यानाकर्षण गराए पश्चात सुचनामूलक बोर्ड राखरे सोको फोटो समेत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा पठाएको छ । त्यसका साथै आमसमुदायको भेला गराई सो आयोजनाको प्रगतिको बारेमा समेत जानकारी गराएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको उपस्थितिले उक्त आयोजना अझ राम्रोसंग संचालन भएर निर्माण कार्य सहज रुपमा भएको सम्पन भएको प्रतिक्रिया कोषाध्यक्ष फोजूले दिनु भयो । उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललाई यस किसिमको सहजीकरणका लागि हार्दिक धन्यवाद समेत दिनु भएको छ ।