शंखधर साकोसले गरे आज १३ औं साधारण सभा आयोजना
मध्यपुर थिमी, काार्तिक १९ गते
मध्यपुर थिमी शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरले आज १३ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजना गरेको सो साधारण सभाको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका हुन । राष्ट्यि विभुति शंखधर साँख्वाको नाममा संचलित शंखधर साकोसले समुदायमा आधारित सहकारीको रुपमा विकास गर्दै आएको संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले बताउनु भयो । नेपाल सरकारले तोकिएको मापदण्ड पालना गरी संस्थाले तोकिएको दिनमा साधारण सभा आयोजना गरेको उल्लेख गर्दै कोभिड १९ का कारण भएको लक डाउन, निषेधाज्ञा र मध्यपुर थिमीमा कोरोना संक्रमितको संख्या बढी रहेकाले संस्थाको कारोबार खुम्चिएको भए पनि कारोबार सन्तोषजनक रहेको उहाँले बताउनु भयो । सदस्य समुदायको कोभिड सुुरक्षा बारे जनचेतना दिदै आफ्नै भवनबाट संस्थाको सेवा सुविधा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक तथा चाँगु नारायण नगरपालिकाका केही वडाबासीहरुको स साना रकमलाई बचत गर्दैै सरल एवं शुलभ ब्याज दरमा ऋण प्रवाह गर्दै सामाजिक, सांस्कृतिक गतिविधिहरुमा योगदान गर्दैै आएको बताउनु भयो ।
संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन २०७७ प्रस्तुत गर्दै २०७६ साल चैत्र २ गते देखि शंखधर साकोसले आफ्नै भवनबाट सेवा दिन सफल भएको बताउनु भयो । संस्थाले जोखिम व्यवस्थापन कार्यदल गठन गरी बन्दाबन्दीको अवस्थामा ऋणको ब्याज बुझाएमा सदस्यहरुलाई ब्याजमा १२ प्रतिशत छुटको ब्यवस्था गरेको उल्लेख गर्दै पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम, सोत एनालिसिस, संस्थागत विकास तालिम, सहकारी अबलोकन भ्रमण, सहकारी संस्था सञ्चालनका लागि तयार भएको नीति सम्बन्धी अन्तरक्रिया लगायत वर्षभरी भएका विभिन्न संस्थागत एवं सामाजिक उत्तरदायित्व बहन गर्दै आएको गतिविधिहरुबारे जानकारी दिनु भयो । सो अवसरमा संस्थाका कोषाध्यक्ष रामबहादुर श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन २०७७ प्रस्तुत गर्दै आव २०७६।७७ सम्ममा संस्थाको शेयर पुँजी ३ करोड ४५ लाख ८७ हजार ८०० पुगेको बताउनु भयो । गत वर्ष ३८ कारोड २१ लख ७१ हजार ३७३ रुपियाँ ८४ पैसा बचत गर्दै २८ करोड २५ लाख ६७ हजार ४२८ रुपियाँ ६५ पैसा ऋण लगानी गरेको बताउनु भयो ।४९ हजार ७६ हजार ५१५ रुपियाँ ९१ पैसा जगेडा कोष तथा अन्य कोषहरु जम्मा गर्न सफल सो सहकारीले विगतका बर्षको तुलनामा ११.२२ प्रतिशत बृद्धि गरी कुल सम्पति ४६ करोड १० लाख १९ हजार ९४५ रुपियाँ ४२ पैसा पुगेको बताउनु भयो ।
संस्थाका लेखा सुरिवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन २०७७ प्रस्तुत गरेको सो साधारण सभामा सिमित सदस्यहरुको सहभागितामा कोभिड १९को स्वास्थ्य मापदण्ड परिपालन गर्र्दै संस्थाको स्थापना दिवसको अवसर पारेर वार्षिक साधारण सभा आयोजना गरेको संस्थाका पूर्व अध्यक्ष रत्न श्रेष्ठले बताउनु भयो ।













