भक्तपुर साकोस स्थापना दिवसको अवसरमा ५२ जनाले गरे रक्तदान
भक्तपुर, कार्तिक १९गते
भक्तपुर साकोसले गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको छ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिंको २४ औं स्थापना दिवसको अवसरमा आज खुल्ला रक्तदान गरेको हो । रक्त सञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा गरेको सो रक्तदान कार्यक्रममा १३ महिला सहित ५२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष बलराम प्रजापतिले जनाएका हुन । कोरोना भाइरस संक्रमण जोखिम र चाडपर्वको बेला रक्तसञ्चारमा हुन सक्ने रगतको अभावलाई ध्यानमा राखि भक्तपुर साकोसले रक्तदान कार्यक्रम आयोजना गरेको उहाँले बताउनु भयो ।
२४ औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको भक्तपुर साकोसले भोलि जेष्ठ सदस्य पोषण आहार अन्तर्गत च्वावनप्रास, हलिक्स, सुगरफ्रि विस्कुट वितरण गर्ने उहाँले बताउनु भयो भने सोहि अवसरमा कोरोना भाइरसबाट संक्रमित भएका सदस्यका लागि पानी तताउने जग, हत वाटर ब्याग, हलिंक्स वितरण गर्ने कार्यक्रमहरु समेत रहेको अध्यक्ष प्रजापतिले बताए ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














