भक्तपुर नगरमा ७५ शैयाको आइसोलेन स्थापना , असोज१०बाट सञ्चालनमा आउने

भक्तपुर नगरमा ७५ शैयाको आइसोलेन स्थापना , असोज१०बाट सञ्चालनमा आउने

भक्तपुर, असोज ९ गते 

कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द्र भोलि (असोज १०) गतेबाट सञ्चालन हुँदैछ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायक ब्यारेक वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको टोलीले शुक्रबार आइसोलेसन केन्द्रको निरीक्षण गर्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG_1849-1.jpgभक्तपुर नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै नगरपालिकाले ७५ शैय्याको आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको होे । यस अघि संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउँदै आएकोमा संक्रमण समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन नगरपालिकाले छुटै आइसोलेसनको आवश्यकता महशुश गरी तयारी थालेको हो ।

This image has an empty alt attribute; its file name is IMG_1773-1.jpgभक्तपुर नगरपालिकाले घरमा एकान्तबास सम्भव नभएका कोरोना संक्रमितहरुलाई लक्षित गरी आइसोलेसन केन्द्रको निर्माण गरेको हो । नगरपालिकाले नेपाल सरकारको मापदण्ड अनुरुप नै केन्द्र निर्माण गरेको छ ।
आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने बन्दोबस्त गरिएको छ भने भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको छ । उक्त आइसोलेसन केन्द्रमा नगरपालिका स्वयम्ले आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन पनि गरेको छ ।
आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि आवश्यक लुगाफाटा बाहेक सबै सुविधा नगरपालिकाले व्यवस्था गरिने छ । प्रत्येक संक्रमितहरुको लागि अलग अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिका सहितको ¥याक व्यवस्था गरिएको छ ।

This image has an empty alt attribute; its file name is IMG_1777.jpg
आइसोलेसन केन्द्रमा हरेक दिन ३ जना नर्सले नियमित ड्युटीको व्यवस्था गर्नुका साथै प्रत्येक दिन बिहान १ र बेलुकी १ गरी दुई जना डाक्टरहरुले ड्युटी गर्ने छ । केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जनाकर्मचारीहरु व्यवस्था गरिएको छ । संक्रमितहरुलाई सूचना प्रवाहको लागि माइकिङ र अलग अलगफोनको व्यवस्था आइसोलेसन केन्द्रमा छ । साथै संक्रमितहरुको लागि छुटै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको बन्दोबस्त रहेको छ भने दैनिक चार छाक खाना खाजा खुवाइने व्यवस्था पनि गरिएको छ ।
भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकोमा परिवारै संक्रमित देखिएकोे हुँदा होम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुटै आइसोेलेसनको व्यवस्था गरेको हो । संक्रमितहरुको निम्ति आवश्यक भएमा अक्सिजनकोे व्यवस्था पनि गरिएको छ । तर रोगका लक्षण नदेखिएका अथवा सामान्य लक्षण देखिएकाहरुलाई आइसोलेसन केन्द्रमा राखिने व्यवस्था गरेको छ । आइसोलेनमा बस्दा बस्दै बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाहमा नपाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको निम्ति पठाउने बन्दोबस्त गरिएको छ । त्यसको निम्ति आइसोलेसन केन्द्रमा अलग्ग एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।
नगरपालिकाले त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुको निम्ति सुरक्षाको व्यवस्था गरेको छ । आइसोलेसन केन्द्रमा सातदिनको ड्युटी सकिने बित्तिकै उनीहरुलाई एक हप्ताको लागि अलगक्वारेनटाइनमा राखेर कोरोना परीक्षणपश्चात ड्युटीमा खटाउने व्यवस्था गरिएको छ । नगरबासी संक्रमितलाई लक्षित गरी निर्माण गरिएको उक्त आइसोलेसन स्थापनामा त्यहाँका स्थानीयहरुको साथ र सहयोग रहेको छ ।
टोलीले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको पनि स्थलगत निरीक्षण गरेको थियो ।