पुराना पोलहरु स्थानान्तरण र तार तथा केबुलहरु व्यवस्थापन गर्ने विषयमा बैठक
२०७७ मंसिर २५ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगर क्षेत्रभित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने योजनाअन्तर्गत नगरका विभिन्न स्थानहरुमा पुराना पोलहरु स्थानान्तरण गर्ने र तार तथा केबुलहरु व्यवस्थापन गर्ने विषयमा सरोकारवालाहरुबीच बिहीबार बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको सुन्दरता कायम गर्न नगरभित्रका विभिन्न स्थानहरुमा छरपष्ट रुपमा राखिएका तारहरुलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्दै तारहरु भूमिगत गर्ने क्रममा रहेको बताउनुभयो । नगरभित्रका छरपष्ट रहेका तार तथा केबुलहरुले नगरको स्वरुपलाई कुरुप बनाइरहेको छ भन्नुहुँदै उहाँले सिंगो नगरलाई सुन्दर बनाउन सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल र समन्वय गरिदिन पनि अनुरोध गर्नुभयो ।
भक्तपुर नपाले भक्तपुर नगरका विभिन्न ठाउँहरुमा नयाँ पोलहरु जडानका क्रममा कुनै पनि बाधा अवरोध नहोस् भनी सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी छलफलहरु चलाउँदै आइरहेको उहाँले बताउनुभयो । साथै भक्तपुर नगरपालिकाभित्रका सम्पदाहरुमा राखिएको रात्रीकालीन बत्ती व्यवस्थापनले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुगिरहेको पनि प्रमुख प्रजापतिले बताउनुभयो ।
उक्त बैठकले भक्तपुर नगरका सडक बत्ती जडान गर्ने स्थानहरुमा विभिन्न सेवा प्रदायकहरुको तार÷केबुलहरु झुन्डिएका, लट्रिएका, बढी भएका, छरप ष्ट अव्यवस्थित केबुलहरुलाई सम्बन्धित निकायहरु (एनईए, टेलिकम, आइएसपी, केबल टिभी) को तर्फबाट व्यवस्थित गर्न लगाउने निर्णय ग¥यो ।
साथै उक्त स्थानमाहरुमा बढी भएका काम नलागेका पोलहरु हटाउने र आवश्यक स्थानमा सम्बन्धित निकायको निश्चित मापदण्डभित्र रही नयाँ पोलहरु व्यवस्था गरी सडक बत्ती जडान गर्ने निर्णय पनि सो बैठकले ग¥यो ।
बैठकले विभिन्न सेवा प्रदायकहरुका केबुल तथा तारहरु, पोलहरुलाई सम्बन्धित निकाय तथा सरोकारवालाहरुले मापदण्डमा नियमित गर्न लगाई हालको अवस्थालाई सुधार अथवा व्यवस्थित गर्ने निर्णय ग¥यो ।
बैठकले नयाँ सडक बत्ती जडान गर्ने क्रममा आइपरेका विविध समस्यालाई स्थानीय निकाय (भक्तपुर नपा) एनईए, टेलिकम, आइएसपी, केबल टिभीका सरोकारवालाहरुसँग समन्वय गर्दै व्यवस्थित सडक बत्तीजडान कार्य हालको योजनाअनुसार सम्पन्न गर्ने निर्णय ग¥यो ।
सो बैठकमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो भने ख्वप इन्जिनियरिङ कलेजका राकेश ग्वाछाले भक्तपुर नगरका पोलहरुको अवस्थाबारे प्रस्तुतीकरण देखाउनुभयो । बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, भक्तपुर नगर क्षेत्रमा केबुल तथा इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायकलगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














