भक्तपुरमा २११काेराेना मुक्त,१२ काे मृत्यु, ८२३ संक्रमित
भक्तपुर, भाद्र २४ गते
भक्तपुरका कोरोना संक्रमित ७८ महिला र १३३ पुरुष सहित २११ जना कोरोना भाइरस मुक्त भएका छन् । संक्रमितहरु मध्ये ५ महिला र ७ पुरुष सहित १२ जना संक्रमितहरुको ज्यान समेत गइसकेको छ ।
अहिले २७६ महिला र ३२४ पुरुष गरी अझै ६०० जना कोरोना संक्रमित छन् । बुधबार साँझसम्ममा थपिएका ३८ जना सहित जिल्लामा जम्मा संक्रमितको संख्या ८२३ पुगि सकेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जनाएको छ । संक्रमितहरुमा ३५९ महिला र ४६४ पुरुष रहेका छन् । बुधबार मात्रै २० महिला र १८ पुरुष गरी ३८ जना थप संक्रमित भएका हुन । यसरी थपिएका संक्रमितहरु भक्तपुर नगरपालिकाका मात्रै १२ महिला र ११ पुरुष गरी २३ जना थिए भने मध्यपुर थिमी नगरपालिकाका ३ महिला र १ पुरुष सहित ४ जना थिए । सूर्यविनायक नगरपालिकाका ३ महिला र ३ पुरुष सहित ६ जना तथा चाँगु नगरपालिकाका २ महिला र ३ पुरुष सहित ५ जना संक्रमित भएका थिए । बुधबार संक्रमितहरु मध्ये ९ जना अस्पतालको आइसोलसन र २९ जना होम आइसोलेसनमा छन् ।
भक्तपुर नगरमा पछिल्लो पटक संक्रमितको दर वृद्धि भएको छ ।














